देवदह । नागरिक समाज देवदहको अध्यक्षमा जय किसन अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न रुपन्देही नागरिक समाज देवदह शाखाको दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा डासीराम पाण्डे, सचिवमा रमेश कुमार पोख्रेल, कोषाध्यक्षमा राम वहादुर गुरुङ र सह-सचिवमा विनोद थापा मगर रहेका छन् । सदस्यहरुमा शिव ढकाल, शोभाखर वन्जाडे, विनोद पाण्डेय, डम्मर गुरुङ्ग, कृष्ण अधिकारी र राम प्रसाद भट्टराई रहेको नवनिर्वाचित सचिव रमेश कुमार पोख्रेलले जानकारी दिए ।
अधिवेशनले समाजका संस्थापक अध्यक्ष समेत रहेका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद पौडेललाई प्रमुख सल्लाहकार र नरेन्द्र बहादुर क्षेत्रीलाई सल्लाहकारमा चयन गरेको जनाइएको छ ।
१७ हजार ३०० घर धुरी रहेको देवदह नगरपालिकाको कुल जनसंख्या ७२ हजार ४५७ रहको छ । जसमा महिलाको जनसंख्या ३८ हजार ४२४ रहेको छ । तर नागरिक समाज देवदहको कमिटिमा भने महिलाको संख्या शून्य छ । संस्थाले आवेदन खुलाएको तर एक जना महिलाले पनि आवेदन नदिएको हुनाले समितिमा महिला राख्न नसकिएको नवनिर्वाचित अध्यक्ष अधिकारीको भनाइ छ ।
रोटरी क्लब अफ देवदहका संस्थापक अध्यक्ष समेत रहेका नव निर्वाचित अध्यक्ष अधिकारी देवदह आदर्श क्याम्पसका क्याम्पस प्रमुख हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology