Logo

२०८३, आश्विन २०गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्म १३ प्रतिबद्धता

लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्म १३ प्रतिबद्धता

images
  • लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्म १३ प्रतिबद्धता
    images
    images

    दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि घोषणापत्र जारी गरिएको हो ।

    images
    images
    images

    समीक्षा उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए । घोषणापत्रमा आयुर्वेद औषधि उत्पादन, अस्पताल सेवाको गुणस्तर सुधार, विद्युतीय स्वास्थ्य अभिलेख, सुरक्षित मातृत्व, पोषण, नसर्ने रोग तथा मानसिक स्वास्थ्य व्यवस्थापन र बेरुजु न्यूनीकरण लगायतका विषय समेटिएका छन् ।

    images
    images
    images


    प्रदेशमा पाइने जडीबुटीको संरक्षण र दिगो उपयोग गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना गर्ने तथा औषधिमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ । कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनका गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरिएको छ । कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई पञ्चकर्म, योग, ध्यान तथा पुनर्स्थापना सेवासहित विशिष्टीकृत केन्द्रका रूपमा विकास गरिने भएको छ ।

    images
    images
    images


    प्रदेश अस्पताल तथा आयुर्वेद चिकित्सालयमा पूर्ण विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने, स्थानीय तहका स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली विस्तार गर्ने तथा तथ्यमा आधारित स्वास्थ्य नीति र योजना निर्माणलाई संस्थागत गर्ने प्रतिबद्धता गरिएको छ ।
    त्यस्तै, सुरक्षित मातृत्व अभियान, कुपोषण न्यूनीकरण, नसर्ने रोग तथा मानसिक स्वास्थ्य व्यवस्थापन, स्वास्थ्य संस्थाबीच प्रभावकारी बिरामी प्रेषण प्रणाली र चिकित्सकीय सेवाको परीक्षण तथा मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ ।


    स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा सुर्तीजन्य पदार्थ तथा अस्वस्थकर खानपान निषेध गर्ने, स्थानीय जडीबुटीबाट उत्पादित चियाको प्रवर्द्धन गर्ने तथा असुल र पेश्की बेरुजुलाई शून्यमा झार्ने लक्ष्यसमेत घोषणापत्रमा राखिएको छ ।


    यसैगरी, थालसेमिया, सिकलसेल तथा हेमोफिलियाका वाहक र बिरामीको प्रभावकारी अभिलेखीकरणका लागि जैविक पहिचानसहितको विद्युतीय अभिलेख प्रणाली स्थापना गर्ने घोषणा गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।