देउखुरी । लुम्बिनी प्रदेश सरकारले शुक्रबार देउखुरीस्थित प्रशासनिक केन्द्रमा मूल समारोहसहित संविधान दिवस मनाएको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मुख्य संकल्पसहित आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पुस्ताको चाहनाअनुरूप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सेवा प्रवाहमा ढिलासुस्ती र फाइल रोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्रीले संविधानले सामाजिक न्याय, समावेशिता, समानता र सद्भावलाई आधार मानेर समृद्ध समाज निर्माण गर्ने संकल्प बोकेको उल्लेख गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासा समयमै सम्बोधनमा सरकार केन्द्रित रहेको बताए ।
समारोहमा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट विद्रोहको निकास खोज्नुपर्ने बताए भने पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई माटोसँग सुहाउने गरी परिमार्जन आवश्यक रहेको धारणा राखे । पूर्व मुख्यमन्त्री जोखबहादुर महराले संविधानले सामाजिक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, कर्मचारी, विद्यार्थी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology