Logo

२०८३, आश्विन २०गते


images
images

झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान

झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान

images
  • झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो । नेता खनालले अब अहिलेको अवस्था विश्लेषण गर्दा अब समाजवादको बाटोमा जानुको विकल्प नरहेको भन्दै आफुहरुले यो अभियानको शुरुवात गरेको उल्लेख गरे ।

    images
    images
    images

    उनले नेकपामा देखिएको दक्षिणपन्थी भड्काउका कारण पराजय भोग्नुपरेको फागुन २१ को निर्वाचनपछि सबै दल सानो भएको र खुम्चिएको बताए ।

    images
    images
    images

    अभियानमा नेता हरिबोल गजुरेल पनि जोडिएका छन् । उनले अहिलेको सरकारले जनताका समस्या समाधान गर्न नसक्ने भन्दै रास्वपाको अहिलेको जनमतलाई खहरे भेलको संज्ञा दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।