Logo

२०८३, श्रावण २७गते


images
images

अपवित्र साँठगाँठतर्फ नलाग्न झलनाथ खनालको आग्रह

अपवित्र साँठगाँठतर्फ नलाग्न झलनाथ खनालको आग्रह

images
  • अपवित्र साँठगाँठतर्फ नलाग्न झलनाथ खनालको आग्रह
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न निकायबीचको सम्बन्धमा अस्थिरता बढ्दै गएको दाबी गरेका छन् ।

    images
    images
    images

    खनालले देशमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्थाका चुनौती बढिरहेको उल्लेख गर्दै यस्ता परिस्थितिविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विशेषगरी सम्पूर्ण वामपन्थी शक्तिबीच आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल हुनुपर्ने बताएका छन्।

    images
    images
    images

    उनले विगतमा वामपन्थी शक्तिहरूले नीतिविहीन र वर्गीय दृष्टिकोणविहीन रूपमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको टिप्पणी गर्दै आफ्नो पार्टीले पनि त्यही गल्ती दोहोर्याउँदै आएको स्वीकार गरेका छन्। अहिले पनि त्यही प्रवृत्ति दोहोरिने खतरा रहेको भन्दै उनले यसले कम्युनिष्ट आन्दोलनको प्रतिष्ठामा थप आँच पुग्ने चेतावनी दिएका छन् ।

    खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि कम्तीमा केन्द्रीय समन्वय समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै प्रदेशसभामा सरकार गठनसम्बन्धी नीति तय गर्नुपर्ने र पार्टीलाई दक्षिणपन्थी वर्गीय सम्झौतावादतर्फ जानबाट रोक्नुपर्ने बताएका छन् ।

    उनले केही नेताको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि हुने राजनीतिक साँठगाँठ रोक्न आग्रह गर्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    खनालले अहिलेको समय राजनीतिक साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।