Logo

२०८३, आश्विन १७गते


images
images

बाढी पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध

बाढी पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध

images
  • बाढी पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध
    images
    images

    काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।

    images
    images
    images

    गण्डकी प्रदेशअन्तर्गत मनाङको बेँसीसहर हुँदै खाङसार जाने सडक पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुक्केवार क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । 

    images
    images
    images

    नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत दुई स्थानमा पहिरो गएको छ । बुलिङटार गाउँपालिका–६ धुमाउरीघाटमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती क्षेत्रमा पहिरो गएपछि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसैगरी, कर्णाली प्रदेशको हुम्लामा सिमकोट–हिल्सा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुंगालगायत क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ ।

    प्रहरीको विवरणअनुसार बाढीपहिरो प्रभावित सडकखण्डमा तत्काल यातायात सञ्चालन गर्न कठिन रहेकाले यात्रुले सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।