Logo

२०८३, आश्विन १७गते


images
images

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु
images
  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता
    images
    images

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

    images
    images
    images

    बिहिबारबाट परेको अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना भन्दा बढी घाइते भएका छन् ।

    images
    images
    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै हालसम्म ४८ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए । शनिबार रातिसम्म नेपाली सेनाको हेलिकप्टरबाट मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।

    उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।