Logo

२०८३, आश्विन १७गते


images
images

नोबेल पुरस्कार के हो, सन् २०२६ का विजेता कहिले घोषणा हुँदैछन् ?

नोबेल पुरस्कार के हो, सन् २०२६ का विजेता कहिले घोषणा हुँदैछन् ?

images
  • नोबेल पुरस्कार के हो, सन् २०२६ का विजेता कहिले घोषणा हुँदैछन् ?
    images
    images

    काठमाडौं । सन् २०२६ का नोबेल पुरस्कारका विजेताको घोषणा आगामी साताबाट सुरु हुँदैछ । पहिलो घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट हुनेछ भने अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा भएपछि यस वर्षको घोषणा क्रम पूरा हुनेछ । भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फ पनि पुरस्कार प्रदान गरिन्छ ।

    images
    images
    images

    नोबेल पुरस्कार स्विडेनका रसायनशास्त्री तथा उद्यमी अल्फ्रेड नोबेलले स्थापना गरेका थिए । नोबेलले आफ्नो इच्छापत्रमा आफ्नो सम्पत्तिको ठूलो हिस्सा मानवजातिका लागि सबैभन्दा ठूलो योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कार दिन प्रयोग गर्नुपर्ने उल्लेख गरेका थिए । डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध नोबेल व्यवसायी, कवि र भाषाविद् पनि थिए । उनको निधन सन् १८९६ मा भए पनि इच्छापत्रसम्बन्धी कानुनी विवादका कारण पहिलो नोबेल पुरस्कार सन् १९०१ मा प्रदान गरिएको थियो ।

    images
    images
    images

    भौतिकशास्त्र र रसायनशास्त्रतर्फको पुरस्कार स्विडिस रोयल एकेडेमी अफ साइन्सेस, साहित्यतर्फ स्विडिस एकेडेमी, शरीरक्रिया विज्ञान वा चिकित्साशास्त्रतर्फ कारोलिन्स्का इन्स्टिच्युट र शान्तितर्फको पुरस्कार नर्वेको संसद्ले चयन गरेको नोबेल समितिले प्रदान गर्छ । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्रतर्फको पुरस्कार स्थापना गरेको थियो।

    images
    images
    images

    नोबेल पुरस्कार पाउने चर्चित व्यक्तिहरूमा अल्बर्ट आइन्स्टाइन, निल्स बोहर, अर्नेस्ट हेमिङ्वे, अल्बर्ट कामु, नेल्सन मन्डेला र मदर टेरेसालगायत छन् । मारी क्युरीले दुई पटक नोबेल पुरस्कार पाएकी थिइन् भने उनका श्रीमान्, छोरी र ज्वाइँले पनि नोबेल पुरस्कार प्राप्त गरेका थिए । हाल पुरस्कारको राशि बढाएर १ करोड २० लाख स्विडिस क्रोनर अर्थात् करिब १२ लाख १० हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

    नोबेल पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा प्रदान गरिन्छ । शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्विडेनको स्टकहोममा स्विडेनका राजाले प्रदान गर्छन् । पुरस्कार समारोहपछि स्टकहोममा करिब १ हजार ३०० अतिथिका लागि भव्य भोज आयोजना गरिन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोबेल पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।