Logo

२०८३, आश्विन २०गते


images
images

नोबेल पुरस्कार

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

images
  • भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
    images
    images

    काठमाडौं । सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ ।

    images
    images
    images

    रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले उनलाई आइसक्युब न्युट्रिनो वेधशालामा निर्णायक योगदान तथा खगोलीय उत्पत्तिका उच्चऊर्जा न्युट्रिनोको खोजका लागि पुरस्कार दिने घोषणा गरेको हो ।

    images
    images
    images

    हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो पत्ता लगाउने अवधारणा अघि सारेका थिए । उनको नेतृत्वमा विकसित आइसक्युब वेधशालाले सौर्यमण्डलभन्दा निकै बाहिरबाट आएका उच्चऊर्जा न्युट्रिनो पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

    images
    images
    images

    वैज्ञानिकहरूका अनुसार न्युट्रिनोले आफ्नो दिशा वा ऊर्जा नगुमाई लामो दूरी पार गर्ने भएकाले ब्रह्माण्डका अत्यन्त शक्तिशाली घटनाबारे महत्वपूर्ण जानकारी उपलब्ध गराउन सक्छन् । हाल्जेनको कामले नयाँ प्रकारको खगोलीय अनुसन्धानको बाटो खोलेको नोबेल समितिले जनाएको छ ।

    यसअघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसेरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।