Logo

२०८३, आश्विन ९गते


images
images

जलवायु परिवर्तन

मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

images
  • मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
    images
    images

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन् ।

    images
    images
    images

    सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका असर, त्यसको न्यूनीकरण तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे छलफल भइरहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । जलवायु परिवर्तनले कृषि र पर्यटनसहित स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा जनजीवनमा समेत असर पारेको उनको भनाइ छ ।

    images
    images
    images

    सम्मेलनमा भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ । सम्मेलनको समापनमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि स्थानीय तहको संयुक्त सहभागितामा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन् । उनले तीनै तहका सरकारबीच समन्वय, स्थानीय ज्ञानको उपयोग तथा महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागितामा जोड दिइन् ।

    आज शुरु भएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन भोलि सकिने कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुस्ताङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।