Logo

२०८३, श्रावण ३०गते


images
images

विचार

मेरो मुस्ताङ भ्रमण

मेरो मुस्ताङ भ्रमण

images
  • मेरो मुस्ताङ भ्रमण
    images
    images

    मैले अध्यापन गर्ने शैक्षिक संस्थाको पात्रोले शैक्षिक भ्रमण २०८१ का लागि समय कार्तिकका अन्तिम दिनहरु छुट्याएको थियो । प्रशासन र बासु सरले म तिर इङ्गित गरेपछि म यसमा सामेल हुने भए । भ्रमणमा विद्याज्योति माविका एघारौं र बाह्रौं श्रेणीका २८ विद्यार्थी, म, बासु सर र दुई जना गाडीका स्टाफहरु छम् ।

    images
    images
    images

    यात्रा मुस्ताङको उपल्लो थलो लोमान्थाङ र कोराला नाका सम्मको छ । बिहान ५ बजे अध्यारोमा नै गाडी मध्य पहाडी लोकमार्ग अन्तरर्गत लमजुङको सुन्दरबजारबाट गुड्न थाल्छ । तीन दिनमा ३ सय ९५ किलो मिटर पार गरेर फेरी तेत्ती नै दुरीमा फर्कनु छ । यो यात्रा साहसिक हुनेवाला छ । यसले दिन रात भन्ने छ्रैन । लमजुङ सुन्दरबजारबाट मध्यपहाडी लोकमार्ग हुदै जाँदा पोखरा जम्मा ६५ किलोमिटर हो । हामी लमजुङबासीलाई मध्यपहाडी लोकमार्ग खुलेपछि हुनसम्मको फाइदा भएको छ । तँनहूको डुम्रे हुदै जाँदाको तुलनामा यो बाटोले यात्रा अवधि र दुरी दुवै आधा कम गराएको छ । सुन्दरबजार हँुदै मध्यनेपालको भूभागः भोर्लेटार र रामबजार हुँदै यो बाटो मादी तरेर कास्की पुग्छ । मध्यनेपाल नगरपालिका नेपालको मानचित्रमा पूर्व पश्चिम दुरीको मध्य भागमा पर्ने भएकाले यसको नामाकरण मध्यनेपाल रहेको हो । यहाँस्थित शिव मन्दिर सन्तानेश्वर महादेवका नामले प्रशिद्ध छ । रातभर जाग्राम रहि उभिएर हातमा दियो बाली विहान पख शिवमा त्यही दिप अर्पण गरेमा सन्तान सुख प्राप्त हुने विश्वास छ । 

    images
    images
    images

    चर्चित दार्शनिक युभल नोहा हरारी भन्छन, "हिड्न छाडेपछि हाम्रो दिमाख पहिलेभन्दा सुस्त भयो ।" ग्रिक दार्शनिकहरु प्लेटो , एरिश्टोटल पनि हिँड्थे, हिँडाइ डुलाइले बौद्धिकता तिखार्छ भन्थे । अझ रुसोले त व्याक टु नेचर नै भने । नित्से, सेक्सपीयर चाल्स डार्विन आदिले दिमाखमा नयाँ विचार उत्पन्न गर्न हिँडाइलाई प्राथमिकता दिन्थें । हाम्रा महाकवि देवकोटाले पनि घर छोड तर घरलाई नविर्स भनेर घुम्नुको महत्व उजागर गरेका छन । मलाई लाग्छ, यसले सिर्जनशिलता बैराउछ, आत्मालाई पुनर्जागृत गर्छ र शरिरलाई स्वास्थ्य राख्छ । मनोबैज्ञानिकहरु साच्ने शक्ति कम हुने समस्याबाट छुटकरा पाउन पनि हिड्नु पर्छ भन्छन् ।

    images
    images
    images

    मान्छे किन घुम्छ ? भ्रमणका फाइदा के के छन् ? यसको उ्रत्तर छोटो छैन । अहिलेका चर्चित दार्शनिक युभल नोहा हरारी भन्छन, "हिड्न छाडेपछि हाम्रो दिमाख पहिलेभन्दा सुस्त भयो ।" ग्रिक दार्शनिकहरु प्रेल्टो, एरिश्टोटल पनि हिँड्थे, हिँडाइ डुलाइले बौद्धिकता तिखार्छ भन्थे । अझ रुसो ले त व्याक टु नेचर नै भने । नित्से, सेक्सपीयर चाल्स डाविन आदिले दिमाखमा नयाँ विचार उत्पन्न गर्न हिँडाइलाई प्राथमिकता दिन्थें ।हाम्रा महाकवि देवकोटाले पनि घर छोड तर घरलाई नविर्स भनेर घुम्नुको महत्व उजागर गरेका छन । मलाई लाग्छ, यसले सिर्जनशिलता बैराउछ, आत्मालाइ पुनर्जागृत गर्छ र शरिरलाई स्वास्थ्य राख्छ । मनोबैज्ञानिकहरु साच्ने शक्ति कम हुने समस्याबाट छुटकरा पाउन पनि हिड्नु पर्छ भन्छन् ।

    गाडी करिव आठ बजेतिर पोखरा पुग्यो । पोखरामा बिहानको खाना खादा लगभग दश बजेको छ । पोखरा नेपालको पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यहाँका ताल तलैया र भूबनोटले यसलाई जीवन्त बनाइको छ । तर  ताजा न्युजहरुले सिजनको बेला पनि होटलहरुमा जम्मा साठ्ठी प्रतिसत मात्र अक्युपेन्सी भएको बताइरहेका थिए । यो पर्यटन व्यावसायीका लागि एकदमै नमजाको कुरो हो ।  पछिल्लो समय पोखराबाट नजिकपर्ने जिल्लाका बासिन्दाहरुको भ्रमणको गन्तव्य स्थल मुस्ताङ सम्म बडेको देखिएको छ । हाम्रो गाडी हेम्जाको छ लेनको भाइरल रोड हुँदै कुस्मा पुग्छ र काली गण्डकीको तीर तीरै कच्ची र ठुला ठुला पहाडका खोच हुदै म्याग्दीको बेनी पुग्छ । त्याहाँ पूग्दा हाम्रो मोबाइलको घडीमा दुई बजेको छ । पोखराबाट बेनी ८५ किलोमिटर हो । काली गण्डकीको किनारमा  बजार थापेर बसेकी किरेमिरे जाली रुमाल बेच्ने बेनी साच्चै मायालाग्दी र लोभलाग्दी रहेछिन् । बजारको विचमा भव्य, सफा र सुविधासम्पन्न शौचालय बनाइएको रहेछ । यात्रामा थकित मानिसहरुलाई ्शौच गर्न र विश्रामस्थल पाउन कति समस्या हुन्छ तपाँइलाई थाहै होला । यतिको शौच गृह अन्यत्र जिल्लामा सायर्दै होला । 

    खाना खाने बेला सलादका रुपमा मूला, गाजर र स्याउका टुक्रा देखेपछि मैले मूला गाजर कहाँको हो भन्दा ती रातो रातो गाला हुने साहुनीले चामल बाहेक यो सबै यहिको लोकल उत्पादन हो नी भनिन् । यो सबै मार्फामा उत्पादन हुने रहेछ । मार्फा स्याउको मात्र भण्डार रहेनछ तरकारीको पनि रहेछ । पहिले पहिले त मार्फाको तरकारी म्याग्दी ढुवानी हुन्थ्यो रे । 

    हाम्रो गाडी पोखराबाट १११ कीलोमिटर गुडेर म्याग्दीको रुप्से झरनामा रोकियो ।म्याग्दीको दाना गाँउपालिकामा पर्ने रुप्से झरना सौन्दर्यका हिसावले बेजोड रहेछ । यहाँ फोटो खिच्नेहरुको भिड नै  लाग्ने रहेछ । लगभग ७ किलोमिटर अगाडी घासा नै म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना रहेछ । त्यहाँ एउटा गाडीको इन्धन पम्प रहेछ र त्यो नै अन्तिम पम्प रहेछ मुस्ताङ जिल्लाका लागि । मुस्ताङ छिरेपछि बाटो सफा, राम्रो र पक्की गरिएको रहेछ । मुस्ताङ छिर्ने वित्तिकै काली गण्डकी नदि सम्म भूभागमा बगेकी रहेछिन् । घासाबाट २७ किलोमिटर गुडेपछि मुस्ताङको प्रसिद्ध मार्फा गाँउ पुगिन्छ । मार्फाको स्याउबारी, थकालीहरुको रहनसहन ,जीवनशैली, मौलीक संस्कार,कला संस्कृति, आदिले लोभ्याउने रहेछ मार्फामा । पर्यटन लोभ्याउन केही कसुर बाकी राखिएको छैन मार्फामा । घरपझोङ गाँउपालिकामा पर्ने मार्फाको गाँउनै एउटा गल्लीमा केन्द्रित रहेछ, । जेरी फिल्मको नामबाट जेरी गल्ली नामाकरण गरीएको ठाँउमा पर्यटकहरुको फोटो खिच्न भिड लाग्ने रहेछ । सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिरेर राखिएका छन् । विजुली वत्तिको तारहरु भूमिगत गरिएको रहेछ । अन्नपूर्ण चक्रिय पदमार्गमा मार्फा गाँउ समेटिएको छ र विश्वको सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्न जाने पदमार्ग पनि छ । मार्फाकै नामबाट विभिन्न पेय पदार्थ र खाद्यान्न चिजहरु ब्राण्डिङ गरिएको छ ।  

    मार्फाबाट ७ किलोमिटरमा जोमसोम बजार आउछ । जोमसोम मुस्ताङको सदरमुकाम हो । मरुभूमिको जिल्ला, थोरै पानी पर्ने ठाँउ हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ साच्चै धौलागिरी र निलगिरी हिमशिखरको उत्तरमा पर्र्दाे रहेछ । हाम्रो बास जोमसोममा थियो त्यो रात । खाना खाने बेला सलादका रुपमा मूला, गाजर र स्याउका टुक्रा देखेपछि मैले मूला गाजर कहाँको हो भन्दा ती रातो रातो गाला हुने साहुनीले चामल बाहेक यो सबै यहिको लोकल उत्पादन हो नी भनिन् । यो सबै मार्फामा उत्पादन हुने रहेछ । मार्फा स्याउको मात्र भण्डार रहेनछ तरकारीको पनि रहेछ । पहिले पहिले त मार्फाको तरकारी म्याग्दी ढुवानी हुन्थ्यो रे । 

    भोलीपल्ट विहानै ५ बजे हामी गाडी चडिसकेका छौैं । आज दोस्रो दिन अघिल्लो दिन भन्दा धेरै र कठिन यात्रा हुनेवाला थियो । ११० किलोमिटर गएर फेरी तेती नै दुरी फर्कनुपर्ने थियो । हामी अध्यारोमै कागबेनी कटेर उपल्लो मुस्ताङका भूभागहरु लोमान्थाङ र कोराला नाका सम्मका लागि बाटो तय गर्दौ थियौं । कागबेनी पुग्दा पनि उज्यालो भएको छैन । मात्र ठूला ठूला उजाड पहाडहरु देखिन थालेका छन् । २२ किलोमिटर पार गरेपछि इलाका प्रहरी कार्यलय  छुसाङ्ग पुगेर गाडि रोकियो । बल्ल रिमरिम उज्यालो भइको छ । छुसाङ्गका प्रहरीले केरकार गर्न थाले । परिचय खुल्ने पत्र खै ? काहाँकाट आको ? किन आको ? यसरी भ्रमण भन्दैमा कहाँ जान पाइन्छ त्यसै ? तपाँइलाई थाहै होला यो प्रतिबन्धित क्षेत्र हो । बासु सर र म प्रहरी सामु नतमस्तक छम् । करिब १० मिनेट पछाडि विद्यालयको लेटर प्याडमा विद्यार्र्थी संख्या र भ्रमणको बारेमा लेखेर दिए पछि बल्ल सचेतनात्मक भाषामा जान दिए । आफ्नै देशको भूगोलमा भ्रमण गर्दा पनि कस्तो सास्ती ।

    इतिहास भन्छ– सन् १९५१ मा चीनले तिब्बत कब्जा गरेपछि व्यापक रुपमा तिब्बती नागरिकप्रति दमन सुरु गर्यो । सन् १९५९ मा तिब्बती धर्मगुरु दलाइ लामाको नेतृत्वमा धेरै तिब्बतीहरु नेपाल र भारत छिरे । दलाई लामा र हजारौं तिब्बती भागेर नेपाल र भारत झरेपछि पनि चीन तिब्बतीप्रति थप आक्रामक बन्दै गयो । माओत्से तुङले विचार, संस्कार, संस्कृति र व्यावहार बदल्न आदेस दिए । सांस्कृतिक क्रान्तिका नाममा रेड गार्डले तिब्बतमा छ हजार भन्दा बडी गुम्बाहरु भत्काएको बताइन्छ । भनिन्छ, 'चीनले तिब्बतमा विकास त गरेको छ तर स्वतन्त्रता छैन ।' अझ पनि तिब्बतीहरु स्वतन्त्र तिब्बत मागिरहेका छन् ।यसैको डरले चीन जहिले पनि सशङ्कीत भइरहन्छ । कतौ नेपालतिर बाट पनि घुसपेट हुन्छकी भन्ने लाग्दो हो ।

    त्यहाँबाट छुटेपछि हामी नाङ्गा पहाडहरु हुदै चेले,स्याङ्मोचे, चराङ् कटेर लोमान्थाङ पुग्योै । बाटोभरी उही भूगोल छ जताततै । कतै पहाडमा सेतो चुना दले जस्तो छ कतै रातो माटो दले जस्तो छ । लामो दुरीले गर्दा सबै जना भोक र थकाइले लखतरान छन् । कहिल्यै नदेखेको भूगोल देख्दा सबै अचम्मित र उत्सुक छन् । । बाटामा बौद्धमार्गीहरुका आकर्षक छोर्तेनहरु र यदा कदा पानीको सुविधा भएको ठाँउमा साना साना बस्तीहरु पनि देखिएका छन् । कतै भेडाका बथानहरु छन् कतै लुङ्दर झुण्डाएर बाटो सजाइएको छ । बाटोमा फोटो खिच्दै, विद्यार्थीले लगेका मकै भटमास खादै लगभग ५ घण्टामा हामी लोमान्थाङ पुग्यौ ।

    लोमन्थाङबाट कोराला नाका २० किलोमिटर रहेछ । र यसको उचाइ ४६६० मिटर रहेछ । कोराला   पुग्नुभन्दा केही किलोमिटर अगाडि नेचङ्गमा सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि मा हाम्रो गाडी रोकियो र सबैलाई गाडीबाट ओर्लन भनियो । त्याँहाका प्रहरी निरीक्षक नारायण अधिकारीले केही अदब र अनुशासन सिकाए । सिमामा हुने खतराका बारेमा बताए । सिमाको २४ नंबर स्तम्भलाई मन्दिर जस्तै पवित्र मान्न र इज्जत गर्न आग्रह गरे ।

    लोमन्थाङ गाँउपालिकामा पर्ने लोमन्थाङ बजार साच्चै रमाइलो रहेछ । विश्वका उत्कृष्ठ १० गन्तब्य स्थान मध्ये यो ठाँउ तेस्रो स्थानमा पर्ने रहेछ । ३८ सय मिटरको उचाइमा रहेको लोमन्थाङको पूर्व,पश्चिम र उत्तरमा चीन र दक्षिणामा दालामे गाँउपालिका रहेछ । १५औं सताब्दीमा बनेको लोमन्थाङ दरबार यहाँको मुख्य आकर्षण रहेछ ।  १६० घरधुरी एउटै पर्खालले घेरेर राखिएको ठाँउ रहेछ । राजाले गाँउलाई जोगाउन ठूलो पर्खाल बनाएर राखेका रहेछन् । विश्वमा यसलाई माटोको दरबार भनेर चिनिदो रहेछ ।  अहिले भने पर्खाल बाहिर पनि बाटोहरु र राम्रा, अत्याधुनिक होटलहरु बनेका रहेछन् । प्रभू बैंकको शाखा पनि रहेछ । गूम्बा र छोर्तेनहरु प्रशस्त मात्रामा दखिए । नंबर पिलेट नभएका चीनीया ब्राण्डका मोटरसाइकल पनि यदाकदा देखिए । लोमन्थाङको जाम्बाला होटलमा सादा खानाको रु.४५० तिरेर हामीले त्यो विहानको खाना खायौ । खानामा दाल, भात, आलुको तरकारी, थोरै साग र खुर्सानीको रातो अचार थियो । 

    लोमन्थाङबाट कोराला नाका २० किलोमिटर रहेछ । र यसको उचाइ ४६६० मिटर रहेछ । कोराला   पुग्नुभन्दा केही किलोमिटर अगाडि नेचङ्गमा सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि मा हाम्रो गाडी रोकियो र सबैलाई गाडीबाट ओर्लन भनियो । त्याँहाका प्रहरी निरीक्षक नारायण अधिकारीले केही अदब र अनुशासन सिकाए । सिमामा हुने खतराका बारेमा बताए । सिमाको २४ नंबर स्तम्भलाई मन्दिर जस्तै पवित्र मान्न र इज्जत गर्न आग्रह गरे । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भइकाले प्रकृति र जनाबरलाई खलबल नपुर्यान भने । चिसो र ठन्डीले समस्या हुने हुदाँ धेरै समय नविताउन सुझाव दिए । केही अप्ठ्यारो परे संचारका लागि फोन नंबर उपलब्ध गराए । 

    केही किलोमिटर माथि पुगेपछि कोराला नाका देखियो । उता चीनतिर भव्य महलहरु देखियो भने नेपालतिर एउटा सानो टहरो जस्तो घर,नेपाली झण्डा र स्थानिय व्यापारीहरुले सामान बेच्न बनाएका केही स्टल र पालहरु टागेको देखियो । ठाँउ खुल्ला छ, घाम पनि लागेको छ तर चिसो हावा यति जोडले चलेको छ की एक छिन पनि उभिन गाह्रो छ । रुख विरुवा नभएकोले गाडी भित्र सिसाबाट बाहिर हेर्दा हावा चलेको भान नहुने तर बाहिर एक छिन बस्न नसकिने ।

    हामी १२ बजे पुग्ने भनेर हिडेको तर हाम्रा मोवाइलका घडीमा दुई बजेको देखायो, एकछिन त हामी आतियौं पछि थाहा भयो चीनको भूभागमा नटेक्दै हामी चीनको समयको गब्जामा परिसकेको रहेछौं ।हामी भन्दा उनीहरु २ घण्टा १५ मिनेट छिटो छन् । लोमन्थाङका व्यापारिहरुले उता चीन तिरका व्यापारीसँग साठगाठ मिलाएर नाकामा पाल टागेर व्यापार गरेका रहेछन् । चकलेट, विस्कुट, भोड्का, रम आदिको व्यापार हुदोरहेछ त्यहाँ । हामी सबैजसोले चकलेट किन्यौ र सबैले चकलेट मिठो रहेको  प्रतिक्रिया दिए । नाकामा फोटो खिचेपछि हामीहरु पुनः गाडीमा फर्कीयौं । 

    मुस्ताङ जाने ९ प्रतिसत पर्यटक मात्र लोमन्थाङ वा कोराला नाका पुग्ने रहेछन् । यो अति नै सानो संख्या हो । मैले अधिकांश बाइकमा जाने पर्यटकहरुले बाइकको पछाडी नेपाली झण्डा बाधेको देखे । हाम्रा विद्यार्थी र मैले पनि सिमामा राखेको नेपाली झण्डामा हुर्रे गर्दै फोटो खिच्यौं । तेतिबेला चीनतिर सानले हेयौं र देशभक्ति देखायौ । म कति पटम भारत तर्फको नाका जाँदा नेपालीले झण्डा बोकेको कहिल्यै देखिन तर यहाँ झण्डै झण्डै बाकेका मान्छेको रमिता लाग्ने रहेछ । मुस्ताङको उपल्लो थलो निषेधित क्षेत्र हो,अरुलाइ मात्र होइन हामी नेपालीलाई पनि हो । 

    फर्किएर अगाडी बढ्ने वित्तिकै हाम्रो गाडी विग्रियो । चिसोले एक छिन पनि गाडी बाहिर निस्कन नसक्ने ठाँउमा गाडी नबन्ने दखियो  । ब्रेकको कम्पे्रसर पाएप फूटेछ । चालकका अनुसार त्यो भूभाग अक्सिजन कम हुने ठाँउ हो र हावाको दबाव र बे्रकको दूबै दबाव पाएपमा पर्यो त्यसैले पाएप फूट्यो । ३ घण्टा वितिसक्यो केही उपया लागेन । सबै जना आतियौ । तल प्रहरीलाई फोन गरेर उपया बताउन भन्दा उनी लोमन्थाङसम्म हामी रेस्क्यौ गर्न सक्छौ नत्र अरु उपया छैन आजलाई भने । मिस्त्री त कि जोमसोमबाट नभए पोखराबाट मगाउन पर्छ भन्ने भयो, त्यही पनि भोली १२ बजे नभइ आइपुग्दैन रे । हामी अवाक् भयौ । कसैले पाएपमा बेलुन बाध्न सुझाए । त्याहाँ मध्ये कसैले उट्पट्याङ बुद्धि लगायो कण्डमले पाएप बाध्यो भने बलियो हुन्छ । गाडी भरी हाँसो र लज्जास्पद वातावरण धुलमिलीयो । बल्ल बल्ल गाडी चल्ने भयो र लोमन्थाङ झरीयो । लोमन्थाङमा गाडीलाइ केही समय मर्मत गर्दा साँझ परिसकेको थियो । तल झरेछि एनसेल सिमले हाम्रो मोबाइलमा म्यासेज पठायो तपाँइको चीनको यात्रा शुभ र आनन्दमय रयोहोला तपाँइलाई नेपालमा स्वागत छ । मैले रिप्लाइ पठाए मैले चीन भ्रमण गरेकै छैन, म त सिमाना वरबाटै फर्कीएको हो । की सिमनामा गए भन्दैमा चीन गको भन्न मिल्छ ?   रातको समय त्यो लामो कच्चीबाटो हुदै हामी झण्डै १२ बजे जोमसोम आइपुग्यौ । र त्यो रात अघिल्लो रात विताएको होटलमा नै बास बस्यौ । 

    भोलीपल्ट विहान ६ बजे हाम्रो प्रस्थान मुक्तिनाथ मन्दिरको थियो । मुक्तिनाथ क्षेत्र भव्य ,सभ्य र आकर्षक बनाइएको रहेछ । मुक्तिनाथ हिन्दु र बौद्धमार्गीहरुको लागि एक महत्वपूर्ण तिर्थस्थल हो ।३,७१० मिटरको उचाइमा रहेको यो क्षेत्रलाई मुक्तिक्षेत्रका रुपमा पनि चिनिन्छ । मुक्तिनाथ मन्दिमा १०८ धारा छन् ।यी धाराको पानी कागबेनीमा पुगेर मुस्ताङ खोलामा मिसिएपछि कालीगण्डकी नदिको नामले चिनिन्छ । 
     
    हिन्दु धर्म मात्र होइन बौद्ध धर्मलाई पनि आकर्षण गर्न बुद्धका प्रतिमाहरु बनाइएको रहेछ मुक्तिनाथ क्षेत्रमा  । त्याँहाको मुख्य आकर्षण भनेकै १०८ धारा रहेछ जहाँ नुहाँउदा धर्म मात्र होइन, यो शीतकालमा आफ्नो शक्ति र शामर्थ पनि चेकजाच हुन्छ भन्ने लाग्यो मलाई । कठ्याङ्रीने चिसोमा धन्नै जम्न लागेको पानी शरीरमा खन्याउनु त्यो पनि लामै समय सम्म ठट्टाको विषय होइन यो । हामी मन्दिरको दर्शन गरी छिट्टै तल जोमसोम फर्कियौ ।मार्फामा स्याँउ कोशेलीका रुपमा किनेर गाडी चड्दा धन्नै १२ बज्यो । त्यसपछि ११ घण्टाको सफरमा लमजुङ पुग्यौ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।