गुल्मी । मदाने गाउँपालिका-४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र पाँच पैदलयात्री घाइते भएका छन् ।
मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानीका अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। घाइते सबैलाई उपचारका लागि पुर्कोटदहस्थित स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ भने चालकको उपचार भइरहेको छ ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology