बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका-३ बस्ने २९ वर्षीय राघव ढकालले चलाएको बीआर २० सीबी २५२८ नम्बरको भारतीय कारले सोही दिशातर्फ जाँदै गरेको बढैयाताल गाउँपालिका-२ बस्ने ५५ वर्षीय गणेशप्रसाद पाण्डेले चलाएको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक पाण्डेको टाउको र पेटमा चोट लागी घाइते भएका थिए । उनलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज, बाँके पठाइएकोमा सोही दिन बिहान ११:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि दुवै सवारीसाधनसहित कार चालक ढकाललाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology