देवदह । रुपन्देहीको देवदहमा बिहिवार विहान मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएका देवदह ७ ठुलीचौर निवासी ७२ बर्षिय राम बहादुर गुरुङको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ आउँदैगरेको लु ३५ प ६५२५ नं को मोटरसाईकलको ठक्करबाट पैदलयात्री गुरुङ गम्भिर घाईते भएको र उपचारको लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएपनि उपचारको क्रममा उनको मृत्यु भएको देवदह प्रहरी चौकीका इन्सपेक्टर भिमसेन विष्टले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology