Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले क्यानडाका विदेशमन्त्री अनिता आनन्दसँग टेलिफोन वार्ता गरेका छन् । आज भएको वार्तामा दुई देशका विदेशमन्त्रीबीच नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिबारे छलफल भएको छ ।

    images
    images
    images

    विदेशमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

    images
    images
    images

    परराष्ट्रमन्त्री खनालले क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानाडेली डलर अर्थात ५४ करोड ७३ लाख नेपाली रुपैयाँ सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानाडेली डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले बाढीबाट प्रभावित तथा बेपत्ता क्यानाडेली नागरिकसहित सबैको खोजी, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।