Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

परराष्ट्रमन्त्री खनालद्वारा उच्चस्तरीय भेटवार्ता, जलवायु परिवर्तनको चुनौती बारे छलफल

परराष्ट्रमन्त्री खनालद्वारा उच्चस्तरीय भेटवार्ता, जलवायु परिवर्तनको चुनौती बारे छलफल

images
  • परराष्ट्रमन्त्री खनालद्वारा उच्चस्तरीय भेटवार्ता, जलवायु परिवर्तनको चुनौती बारे छलफल
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिजी र तुवालुमा आयोजना भइरहेको प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुँदै तुवालुको राजधानी फुनाफुतीमा विभिन्न देशका सरकार प्रमुख तथा मन्त्रीहरूसँग भेटवार्ता र अन्तरक्रिया गरेका छन् ।

    images
    images
    images

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कार्यक्रममा सहभागी भएका मन्त्री खनालले तुवालुका प्रधानमन्त्री तथा विभिन्न देशका सरकार प्रमुख र मन्त्रीहरूसँग भेटघाट गरेका हुन् ।

    images
    images
    images

    भेटका क्रममा मन्त्री खनालले भोटेकोसी नदीमा आएको बाढीबाट नेपालमा भएको पछिल्लो विनाशबारे नेपालको चासो प्रस्तुत गरेका छन् । उनले विपद्बाट नेपालले भोग्नुपरेको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएका चुनौतीबारे धारणा राखेका छन् ।

    images
    images
    images

    मन्त्री खनालले सानो टापु विकासशील राष्ट्रहरू (एसआईडीएस) प्रति नेपालको ऐक्यबद्धता समेत व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका बढ्दो प्रभाव नेपाल र सानो टापु विकासशील राष्ट्रहरूका साझा चिन्ताका विषय भएको उल्लेख गरेका छन् ।

    नेपालजस्ता हिमाली मुलुक र साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण फरक–फरक प्रकृतिका जोखिम सामना गरिरहेका भए पनि यसको प्रभावले दुवै क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरिरहेको सन्दर्भमा मन्त्री खनालले साझा चासो र सहकार्यको आवश्यकता औँल्याएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।