काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल म्युलीबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल र स्विट्जरल्यान्डबीच लामो समयदेखि कायम मित्रता तथा बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ । यस वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology