लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आयोजनामा उन्नाइसौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भविष्यको पुस्तकालय प्रविधि र अनुसन्धानमैत्री बिषयमा विशेष संवाद गरिएको छ । विहिबार विश्वविद्यायको केन्द्रीय क्याम्पसको सभाहलमा भएको कार्यक्रमको अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा.गितु गिरी उद्घाटन गरेका थिए । विशेष सवांदमा केन्द्रीय क्याम्पस प्रमुख आचार्य दयानिधि, उपप्राध्यापक भिक्षु सिरी वजिर र उपप्राध्यापक सञ्जय शाक्य वक्ता रहेका थिए । उनिहरुले पुस्तकको सहयोगी माध्यामको रुपमा प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
उनिहरुले पुस्तक अध्ययन केवल ज्ञानको स्रोत मात्र नभएर नेपाली परम्पराको अटुट हिस्सा भएको बताए । पुस्तकालय प्रविधिमैत्री हुनु पर्नेमा द्धिविधा नभए पनि प्रविधिमा मात्रै निर्भर हुन नहुनेमा उनिहरुले सचेत गराए । संवादको सहजिकरण सञ्चारकर्मी टंक सुनारले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा.गिरीले पुस्तकालयमा अडियो, भिडियो पुस्तकको अवधारणा विकास गर्नु पर्नेमा जोड दिए । उनले सबै उमेर समुहका मानिसहरुका लागि पुस्तकालय पहुँमा हुनुपर्ने उल्लेख गर्दै बालबालिकालाई अध्ययनको बानि बसाल्न छुट्टै कक्षको व्यवस्थापन गर्न सुझाब दिए । केन्द्रीय पुस्तकालयलाई बौद्धका साथै साथै सबै धर्मको अध्ययन केन्द्रको रुपमा विकास गर्नु पर्नेमा उनको जोड थियो ।
त्यस्तैगरी विश्वविद्याका योजना तथा अनुगमन निर्देशक डा. कुल प्रसाद खनालले पुस्तकालयलाई पाठकमैत्री बनाउनु पर्नेमा जोड दिए । उनले पुस्तकालयमा सहज पठनको वातावरण तयार पार्नु पर्ने बताए । उनले पुस्तकालयमा पुस्तकहरुको उपलब्धता प्रमुख बिषय भएको स्मरण गर्दै बिषय अनुकुलका पुस्तकहरु उपलब्ध गराउन सके अध्ययन अध्यापन गर्न सहज हुने बताए ।
कार्यक्रम केन्द्रीय पुस्तकालयकी निमित्त प्रमुख कमला गौतमको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक लिलामणी पाण्डेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology