Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी बौद्ध विश्वविद्यालय

देवदहमा शिक्षा, पर्यटन र उद्यमशीलतालाई जोड्दै लुम्बिनी बौद्ध विश्वविद्यालय

देवदहमा शिक्षा, पर्यटन र उद्यमशीलतालाई जोड्दै लुम्बिनी बौद्ध विश्वविद्यालय

images
  • देवदहमा शिक्षा, पर्यटन र उद्यमशीलतालाई जोड्दै लुम्बिनी बौद्ध विश्वविद्यालय
    images
    images

    देवदह । वि. सं. २०७७ फाल्गुन २१ गते देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको डिन कार्यालयको उद्घाटन भयो  । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरे । २०७८ कार्तिक ८ गतेदेखि देवदह-७ शीतलनगरस्थित कोशेली भवनमा स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डिन कार्यालयसंगै  शैक्षिक कार्यक्रम संचालनमा आयो । देवदहको शैक्षिक एवं पर्यटकीय विकासको कोशेढुंगा मानिएको लुम्बिनी बौद्धविश्वविद्यालयले यो बीचमा नेपाल सरकार, मन्त्रीपरिषद बैठकले विश्वविद्यालयलाई उपलब्ध गराएको झण्डै एक सय विगाहा जमिनको मास्टरप्लान निर्माण गरि आफ्नै जग्गामा भवन निर्माणको काम समेत अघि बढिरहेको छ ।

    images
    images
    images

    देवदहको शिक्षा र पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने ठानिएको बौद्ध विश्वविद्यालयले सोही अनुसार आफूहरूले योजना अघि बढाईरहेको जनाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा के गरिरहेको छ भन्ने प्रश्नमा विश्वविद्यालयका डिन उकेशराज भुजु भन्छन् - "हामी योजना अनुसार नै अगाडी बढेका छौं । हाल एकातिर स्नातक र स्नातोकोत्तरका कक्षा संचालन भैरहेका छन् भने अर्कोतिर स्थानियसंगको सहकार्यमा अतिरिक्त कार्यक्रम र तालिमहरू पनि संचालन गरिरहेका छौं ।"

    images
    images
    images
     buddha univeristy in devdaha.jpeg
    देवदहमा निर्माण  हुँदै गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन । तस्वीर : डिन कार्यालय, देवदह 

    विश्वविद्यालयका डिन भुजुका अनुसार हाल संचालन भैरहेको औपचारिक शैक्षिक कार्यक्रम अन्तरगत स्नातक तहमा ग्रामिण विकास विषयमा अध्यापन भैरहेको छ । भर्खरमात्रै सुरू गरिएको कार्यक्रममा हाल २७ जना विद्यार्थी पहिलो सेमेस्टरमा अध्ययन गरिरहेका छन् । त्यसैगरी स्तातोकोत्तर अन्तर्गत एमएस्सी एग्रो फरेस्टि र डेभलपमेन्ट स्टडीको कक्षा संचालन भैरहेको छ । जसमा एग्रो फरेस्टि तर्फ १२ जना र डेभलपमेन्ट स्टडी तर्फ ६ जना विद्यार्थी अध्ययनरत छन् ।

    images
    images
    images

    हरित उद्यममा स्थानीयलाई जोड्दै, बगरमा तरकारी र फलफुल फलाउँदै विश्वविद्यालय

    नेपाल सरकारबाट प्राप्त एक सय विगाहा जग्गालाई विभिन्न प्लटमा विभाजन गरि विश्वविद्यालयले आफ्नो भवन निर्माणसंगै स्थानीयलाई उद्यममा जोड्ने प्रयत्न गर्दै आएको छ । जसको लागि पृथ्वी उमा ज्ञान केन्द्र, बुद्ध मावली महिला बहुउद्धेशीय सहकारी संस्था र बुद्धदीप युवा क्लबसंगको सहकार्यमा घोडाहा खोलाको बगरलाई मौसमी तरकारी, फलफुल र फूल खेती मार्फत हरियाली बनाउने कार्यमा विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । उल्लेखित तीन वटा फरक-फरक संस्थाले ती प्रोजेक्टमा काम गरिरहेका छन् । उनीहरूलाई आवश्यक तालिम, आवश्यक अनुदान र उनीहरूले उत्पादन गरेको कृषि उपजको बजार व्यवस्थापनको लागि समेत विश्वविद्यालयले काम गरिरहेको जनाएको छ । हाल ती प्रोजेक्टमा २५० घरपरिवार जोडिएको र गत  सिजनमा मात्रै झन्डै तीनलाखको तरकारी विक्री भएको तथ्यांक विश्वविद्यालयसंग छ ।  

    देवदहबासीले आफुले प्रयोग गरिरहेको सामुदायिक वनको जग्गा विश्वविद्यालयलाई दिएकोले पनि विश्वविद्यालय स्थानीयसंग भावनात्मक रूपमै जोडिएको र स्थानीयको आर्थिक स्तर उकास्न र देवदह क्षेत्रको पहिचानमा नयाँपन दिएर यसको पर्यटकीय विकास गर्न हरेक तरहबाट प्रयत्न गरिरहेको विश्वविद्यालयका डिन भुजु बताउछन् । "यहाँका स्थानियबासी खुसी भएमात्रै हामी खुसी हुन सक्छौं र हाम्रो पनि विकास हुन सक्छ भन्ने कुरामा हामी विश्वस्त छौं । त्यसैले औपचारिक शिक्षा मात्रै नभएर अनौपचारिक शिक्षा अन्तर्गत स्थानीयलाई आवश्यक तालिम, उपयुक्त योजना छ भने त्यसको लागि आवश्यक अनुदान जुटाउने लगायतका काममा हामी जुटिरहेका छौ र त्यसमा हामी धेरै हदसम्म सफल पनि भएका छौं" उनले भने ।

    उल्लेखित तीन वटा संस्थाबाहेकले उपयुक्त योजना लिएर आए विश्वविद्यालयले सहयोग गर्छ त ? भन्ने प्रश्नमा विश्वविद्यालयका डिन भुजु आफूहरू स्थानीयलाई उद्यममा जोड्न र यस ‘पवित्र भूमि’को विकासको निम्ति सबैसंग हातेमालो गर्न तयार रहेको बताउँछन् । आफूहरू स्थानीयलाई सबैखाले तालिम दिन, तत्पश्चात आवश्यक लगानी खोज्न र उत्पादनको बजारीकरणको लागि समेत सहयोग गर्न इच्छुक रहेको उनको भनाई छ ।

    देवदहका सबै गुम्बा र बुद्धसंग सम्बन्धित स्थलमा हरेक महिना पुर्णिमाको दिन बुद्ध भिक्षुबाट प्रवचनको समेत विश्वविद्यालयले चाँजोपाजो मिलाएको छ ।  गुम्बा र बुद्धसंग सम्बन्धित स्थल संरक्षण समितिसंगको एक बैठकले देवदहमा बुद्ध भिक्षुबाट प्रवचनको सुरुवात गरिएको छ । जसको सहजीकरण विश्वविद्यालयको डिन कार्यालयले गर्दै आएको छ ।

    ७ करोड १६ लाख लागतको अत्याधुनिक भवन निर्माण, समयावधि अगावै काम

    २०८० साउन २१ आइतबारको दिन निर्माण शुरु गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहको शैक्षिक एवं प्रशासनिक भवन निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको छ ।  वि सं २०८० असार ३१ गते निर्माण सम्झौता भएर निर्माण कार्य अघि बढेको प्रोजेक्टको सम्झौता अनुसारको निर्माण अवधि २०८१ असार ३१ सम्म कायम रहेपनि हाल ६० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । निर्माण कम्पनीका इन्जिनियर दिनेश बस्यालले ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको र फाल्गुण मसान्तसम्म प्रोजेक्ट सम्पन्न भैसक्ने बताए ।

    सरकारी प्रोजेक्ट वर्षौंसम्म अल्झिराख्ने र समयमै नसकिने समस्याको बीचमा लुम्बिनी विश्वविद्यालयले समय अगावै प्रोजेक्ट सकाउने गरि कार्य अघि बढाएर अनुकरणीय कार्य गरेकोमा स्थानीयसमेत दंग छन । “गरे हुने रहेछ, कयौं सालसम्म सरकारी योजना अलपत्र परेको देखिएको थियो  । तर लुम्बिनी बौद्ध विश्वविद्यालयले समयावधि पुरा नहुँदै काम सकाएर, गरे समयमै सरकारी काम पनि सकिने रहेछ भन्ने सन्देश दिएको स्थानीय पृथ्वी क्षेत्री बताउँछन्।

    विश्वविद्यालयको  गुरुयोजना अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा निर्माण गर्ने २ तले शैक्षिक एवं प्रशासनिक भवनमा जम्मा २० वटा कोठा हुनेछन् । २० कोठा मध्ये १० कोठामा पुस्तकालय सहित प्रशासनिक कार्यालय रहने र बाँकी १० कोठामा अध्ययन अध्यापन हुने विश्वविद्यालयले जनाएको छ ।

    देवदहमा अन्तराष्ट्रियस्तरको विपस्यना केन्द्र निर्माणको तयारी

    लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राप्त गरेकै जग्गामा अन्तराष्ट्रियस्तरको विपस्यना केन्द्र बनाउने योजना समेत विश्वविद्यालयले तय गरेको छ । विपस्यना केन्द्र  बनाउन लुम्बिनीको धम्म जननीसंग सहकार्य गरि देवदह विपस्यना केन्द्रसंग सम्झौता भैसकेको छ । सम्झौता अनुसार झन्डै पाँच विगाहा जग्गामा सयौंको संख्यामा ध्यान गर्न सकिने विपस्यना केन्द्र  बनाइनेछ ।  जसमा परम्परागत चिकित्सा पद्धति 'स्ववारिग्पा' लगायतका मेडिटेसन हुने विश्वविद्यालयले जनाएको छ ।  

    विपश्यमा केन्द्र निर्माण भएपछि देश विदेशबाट मेडिटेसनको लागि आउनेको संख्याले देवदहको पर्यटन प्रवर्धनमा समेत उल्लेख्य योगदान पुर्याउने विश्वविद्यालयको ठहर छ ।

    देवदहमा विदेशी राजदुत, अन्तराष्ट्रिय संघसंस्था र प्राज्ञहरूको आगमन

    शिक्षा र उद्यमशीलतासंगै लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन प्रवर्धनमा समेत काम गरिरहेको छ ।  विश्वविद्यालयकै पहलमा देवदहमा विदेशी राजदुत, संघसंस्था र प्राज्ञहरूको देवदह आगमन भएको छ ।  देवदहमा डिन कार्यालय स्थापना भएदेखि इजरायल, थाईल्याण्ड, म्यानमार, चीन, युएनडिपीका प्रतिनिधिहरू र विश्वका विभिन्न विश्वविद्यालयका  प्रोफेसरहरूले देवदहको भ्रमण गरेका छन् ।

    इजरायली राजदुत होनान गोदार लगायत विशिष्ट विदेशी पाहुनाहरू यसबीचमा विश्वविद्यालयको देवदह डिन कार्यालय मार्फत देवदह भ्रमणमा आएको रेकर्ड विश्वविद्यालयसंग छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयले हाल देवदहमा संचालन गरिरहेका शैक्षिक कार्यकमहरू ग्रामिण विकास, एग्रो फरेस्टि र डेभलपमेन्ट स्टडी बाहेक आर्किटेक्चर प्लानिङ्ग इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, डिजास्टर रिस्क इञ्जिनियरिङ्ग म्यानेजमेन्ट, इन्भारोमेण्ट स्टडी, ब्याचलर अफ स्ववारिग्पा (परम्परागत प्राकृतिक शिक्षा) लगायत झन्डै डेढ दर्जन शैक्षिक कार्यक्रम देशका विभिन्न जिल्लामा संचालन भैरहेका छन् ।  देवदहमा आवश्यकता अनुसार विश्वविद्यालयका जुनसुकै शैक्षिक कार्यक्रम संचालन गर्न सकिने विश्वविद्यालयले जनाएको छ ।

    उल्लेखित तथ्यले लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहमा शिक्षा, उद्यमशीलता र पर्यटनको त्रिभुज बनेर उभिएको देखिन्छ । यसै अनुसार विश्वविद्यालयले आफुलाई जिम्मेवार बनाउँदै लग्यो र आफ्नो सामाजिक उत्तरदायित्व बोध गरिरह्यो भने देवदह शिक्षा र साधनाको अर्को केन्द्र बन्नुका साथै बुद्धमावली देवदहको प्रचार प्रसारमासमेत उल्लेख्य प्रगति हुने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।