Logo

२०८३, श्रावण २७गते


images
images

बजेट माग्नेको लर्को

देवदहमा अर्थमन्त्री : विश्वविद्यालय, क्याम्पस र मेयरदेखि माओवादीसम्मले मागे बजेट

देवदहमा अर्थमन्त्री : विश्वविद्यालय, क्याम्पस र मेयरदेखि माओवादीसम्मले मागे बजेट

images
  • देवदहमा अर्थमन्त्री : विश्वविद्यालय, क्याम्पस र मेयरदेखि माओवादीसम्मले मागे बजेट
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की बुधबार देवदह आए । बजेट निर्माणबारे काठमाडौंमा प्रधानमन्त्री लगायतसंग छलफल गरेर भैरहवा आएका उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्माणाधिन भवनको अनुगमन गर्न देवदह आएका हुन् ।

    images
    images
    images

    देवदहमा झन्डै ४ घण्टा विताएका उनी दिउसों २ बजे टटेरामा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संचालन भैरहेको कृषि वन कार्यक्रमको पृथ्वी उमा ज्ञान केन्द्रलाई सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भए । सो अवसरमा विश्वविद्यालयले बगरे खेती गरिरहेको ज्ञान केन्द्रलाई पानी तान्ने पम्पसेट सहित केही पुस्तक हस्तान्तरण गर्यो । भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मास्कीले देवदहको बारेमा धेरै कुरा पढेको र सुनेको भएपनि औपचारिक रूपमा देवदहमा पहिलो पटक भ्रमण गरेको बताए । उनले बुद्ध मावली क्षेत्र देवदहको विकासको लागि प्रदेश सरकारको तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images
    pumpset handover.jpg
    लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संचालित कृषि वन कार्यक्रमको लागि पृथ्वी उमा ज्ञान केन्द्रलाई पानी तान्ने पम्पसेट हस्तान्तरण गर्दै प्रदेश अर्थमन्त्री धनबहादुर मास्की लगायत । तस्वीर : सेतोमसी 

    लगत्तै देवदह-८ मा निर्माणाधिन लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको अनुगमन गरेका उनलाई विश्वविद्यालयका कार्यक्रम र आगामी योजनाबारे विश्वविद्यालयका डिन उकेशराज भुजुले ब्रिफ़िङ्ग गरे । नेपाल सरकारबाट प्राप्त गरेको झन्डै एक सय विगाहा जग्गाको डीपीआर र उपलब्धिबारे डिन भुजुले मन्त्री मास्कीलाई जानकारी गराए ।

    images
    images
    images

    स्थलगत ब्रिफ़िङ्गपछि विश्वविद्यालयले शीतलनगरस्थित कोशेली भवनमा रहेको डिन कार्यालयमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम, कार्य सम्पादन र उपलब्धि सहित बजेट अभावबारे प्रिजेन्टेसन नै गरेर मन्त्री मास्कीको ध्यानाकर्षण गरायो । विश्वविद्यालयकै सिनेटर कपिल लामा समेतको उपस्थितिमा डिन भुजुले विश्वविद्यालयलाई तीन वर्षसम्मको लागि प्रतिवर्ष ५० लाख बजेट विनियोजन गरेर सहयोग गर्न अनुरोध गरे । प्राध्यापकको तलब, स्थलगत अध्ययन र अनुसन्धानको लागि ५० लाख रकम आवश्यक देखिएकोले पहिलो तीन वर्ष प्रदेशको सहयोग आवश्यक रहेको उनले बताए । 

    finance minister at devdaha buddhist university devdaha.jpg
     लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्माणाधिन भवन अगाडि प्रदेश अर्थमन्त्री धनबहादुर मास्की लगायत  । तस्वीर : सेतोमसी 

    डिन भुजुले तीन वर्षपछि विश्वविद्यालय आत्मनिर्भर हुने उल्लेख गर्दै सुरुवाती अवस्थामा काम गरिरहेको विश्वविद्यालयलाई सरकारको सहयोग गरे विश्वविद्यालयको शिक्षण, अनुसन्धान र योजना निर्माणका काममा सहज हुने बताए । 

    विश्वविद्यालयको डिन कार्यालयपछि मन्त्री मास्की देवदह आदर्श बहुमुखी क्याम्पसतर्फ लागे । देवदहका नगरप्रमुख ध्रुवप्रसाद खरेल, क्याम्पस संचालक समिति सदस्य मोतिलाल ढकाल सहित पैदलै क्याम्पस पुगेका उनलाई क्याम्पस अध्यक्ष बासुदेव घिमिरे, क्याम्पस प्रमुख मित्रलाल न्यौपाने लगायतले स्वागत गरे । क्याम्पसमा आयोजित भेटघाट कार्यक्रममा क्याम्पस अध्यक्ष घिमिरे, क्याम्पस प्रमुख न्यौपाने लगायतले बजेट अभावमा केही भवन निर्माण कार्य अधुरो रहेको उल्लेख गर्दै बजेट विनियोजन गरि सहयोग गर्न अनुरोध गरे । 

    अधुरो भवन निर्माणको लागि ३५ लाख रकम अपुग भएको जानकारी सहित उनलाई अर्थमन्त्रालयले देवदह आदर्श क्याम्पसलाई विशेष महत्व दिएर सहयोग गर्न अनुरोध गरे । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री मास्कीलाई क्याम्पस प्रमुख न्यौपाने लगायतले सो पार्टीका हालका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल सामाजिक विकास मन्त्री हुँदा क्याम्पसलाई सहयोग प्राप्त भएको स्मरण गराउंदै पुन: सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

    inane minister at devdaha aadasrsha multiple campus.jpg
     देवदह आदर्श क्याम्पस प्रांगणमा प्रदेश अर्थमन्त्री धनबहादुर मास्की, नगर प्रमुख ध्रुवप्रसाद खरेल लगायत  । तस्वीर : सेतोमसी 

    सोही अवसरमा देवदहको विकास, योजना र कार्यक्रमबारे मन्त्रीलाई ब्रिफ़िङ्ग गर्दै देवदह नगर प्रमुख खरेलले लुम्बिनी प्रदेशको ऐतिहसिक र महत्वपुर्ण पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट विनियोजित बजेटमा काम भैरहेपनि बजेट अभावमा धेरै काम गर्न नसकिएको गुनासो गरे । प्रदेश सरकारले देवदहलाई महत्व दिएर बजेट बिनियोजन गर्न सके यहाँ रहेका भवानीपुर, माथागढ़ी, देव दह लगायतका ऐतिहासिक स्थलको विकाससंगै लुम्बिनी प्रदेशको पर्यटन विकासमा देवदहले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । 

    जवाफमा मन्त्री मास्कीले आफुले देवदह आदर्श क्याम्पसको फाइललाई विशेष महत्व दिएर अगाडी बढाउने प्रतिबद्धता जनाए । देवदहका योजना आवश्यक प्रक्रिया पुरा गरेर अर्थमन्त्रालयमा आए आफुले नरोक्ने उल्लेख गर्दै उनले सिमित बजेटमा काम गर्नुपर्ने भएकोले अर्थमन्त्रालयले सबै काम एकैपटक गर्न नसकेपनि प्राथमिकताका आधारमा आफुले काम गरिरहेको प्रष्ट पारे । 

    finane minister at lumbini buddhist university devdaha kosheli bhawan.jpg
    नेकपा माओवादी केन्द्र देवदहको कार्यालयमा पार्टी केन्द्रीय सदस्य समेत रहेका प्रदेश अर्थमन्त्री धनबहादुर मास्की । तस्वीर : सेतोमसी 

    बेलुका ६ बजे शीतलनगरस्थित माओवादी केन्द्र देवदहको पार्टी कार्यालय पुगेका उनलाई पार्टीका देवदह अध्यक्ष गोविन्द ठटराई, कल्पना सुवेदी लगायतले आधारभूत वर्ग र पिछडीएको क्षेत्रमा राज्यको लगानी हुनुपर्ने माग गरे । देवदहको सडक निर्माण, यहाँका शैक्षिक संस्था तथा कृषि, पर्यटन र  सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गर्नुपर्ने भएकोले देवदहका योजनालाई महत्व दिएर आगामी बजेटमा समावेश गर्न माओवादी नेता कार्यकर्ताले अनुरोध गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।