Logo

२०८३, आश्विन ९गते


images
images

खाजा खर्च बचाएर बुद्ध पब्लिकका विद्यार्थीले गरे मानव सेवा आश्रमलाई सहयोग

खाजा खर्च बचाएर बुद्ध पब्लिकका विद्यार्थीले गरे मानव सेवा आश्रमलाई सहयोग

images
  • खाजा खर्च बचाएर बुद्ध पब्लिकका विद्यार्थीले गरे मानव सेवा आश्रमलाई सहयोग
    images
    images

    देवदह । देवदहस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम बचाएर मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

    images
    images
    images

    जुनियर रेडक्रस सोसाइटी बुद्ध पब्लिक स्कुलको आयोजनामा आइतबार बुटवलस्थित मानव सेवा आश्रममा पुगेर विद्यार्थीले आश्रममा आश्रित व्यक्तिका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थीले आफ्नो दैनिक खाजा खर्चबाट बचत गरेको र सहयोगमार्फत संकलन भएको रकमले मानवसेवा आश्रमलाई सहयोग गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    आफ्नै खर्चबाट रकम बचत गरी असहाय तथा आवश्यकतामा रहेका व्यक्तिका लागि सहयोग गर्ने अभ्यासले विद्यार्थीमा सहयोग, सहकार्य र सेवाभावको विकास हुने विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले बताए ।

    images
    images
    images

    आश्रमलाई १३ हजार मूल्य बराबरको चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको जुनियर रेडक्रस सोसाइटी बुद्ध पब्लिक स्कुलका अध्यक्ष सुजल रानाले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।