Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगितामा बुद्ध पब्लिकका प्रितम भूषाल प्रथम

विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगितामा बुद्ध पब्लिकका प्रितम भूषाल प्रथम

images
  • विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगितामा बुद्ध पब्लिकका प्रितम भूषाल प्रथम
    images
    images

    देवदह । २१३ औँ भानु जयन्तीको अवसरमा सोमवार रुपन्देहीको देवदहमा विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, देवदह नगरसमितिको व्यवस्थापनमा आयोजित प्रतियोगितामा देवदह क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका प्रितम भूषाल प्रथम, महामाया भवानी माध्यमिक विद्यालयकी सन्ध्या बस्याल द्वितीय, देवदह बोर्डिङ स्कुलका शिशिर काफ्ले तृतीय भएका छन् । त्यसैगरी मदरटङ्ग्स एकेडेमीकी आरती विक र न्यू लुम्बिनी बोर्डिङ स्कुलकी खुसी घर्ती सान्त्वना भएका छन् ।

    images
    images
    images

    प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीय हुनेले ३ हजार रुपैयाँ, तृतीय हुनेले २ हजार रुपैयाँ तथा सान्त्वना हुने दुवैले जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा डिल्लीनारायण पाण्डे, परशुराम ढकाल र रामजीप्रसाद ढकाल निर्णायक रहेका थिए ।

    विजेता विद्यार्थीलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले लोक संस्कृति संरक्षण तथा नेपाली भाषा–साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् । उनले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरिन् ।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, देवदह नगरसमितिका अध्यक्ष देवु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका प्रदेश उपाध्यक्ष रुकु पाण्डे, जिल्ला अध्यक्ष कमला अधिकारी, दुर्गा पञ्चायतन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीपी बस्याललगायतले मन्तव्य राखेका थिए ।

    प्रतिष्ठानका नगरसमिति सचिव लेखनाथ गौडेलले सञ्चालन गरेको कार्यक्रममा भजन–कीर्तनसमेत प्रस्तुत गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।