Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकले मनायो २४औँ वार्षिकोत्सव

देवदह बुद्ध पब्लिकले मनायो २४औँ वार्षिकोत्सव

images
  • देवदह बुद्ध पब्लिकले मनायो २४औँ वार्षिकोत्सव
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको भएको छ । शुक्रवार र शनिवार दुई दिन मूल समारोह संचालन गर्दै विद्यालयले वार्षिकोत्सव मनाएको हो । 

    images
    images
    images

    हरेक वर्ष जुनियर र सिनियर तहका विद्यार्थी र अभिभावकको लागि अलग-अलग दिन मूल समारोह गर्दै आएको बुद्ध पब्लिकले शुक्रवार कक्षा नर्सरीदेखि कक्षा ४ सम्म र शनिवार कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थी र अभिभावकको सहभागितामा कार्यक्रम संचालन गर्यो । 
     
    वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले बुद्ध पब्लिक देवदहको लागि गर्वको विषय भएको बताए । उनले हरेक शैक्षिक तथा अतिरिक्त क्रियाकलापका प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै विद्यालयले देवदहकै गरिमालाई उँचो बनाएको बताए । एसइई परिक्षामा ४ जीपीए प्राप्त गरेको तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा समेत लगातार दुईपटकसम्म बुद्ध पब्लिक प्रथम भएको उल्लेख गर्दै प्रमुख खरेलले विद्यालयको प्रगति यसैमा रोकिन नहुने बताए । 

    images
    images
    images

    'हामीले अझै गर्नुपर्ने छ । देवदहलाई शिक्षाको हव बनाउन यहाँका शिक्षण संस्थाको भूमिका अपरिहार्य रहन्छ ।' प्रमुख खरेलले भने, 'बुद्ध पब्लिकले त्यो अभिभारा सहजै पुरा गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।'

    images
    images
    images

    कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, हिसान जिल्ला अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बुद्ध पब्लिकले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । 

    प्रिन्सिपलसहित झन्डै २०० जना विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मान तथा पुरस्कार 

    विद्यालयले २४ औं वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेसहित झन्डै २०० जना विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    विद्यालयको कुशल प्रशासनिक नेतृत्व गरेको र शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयका अध्यक्ष सुवकान्त न्यौपानेले प्रिन्सिपल गैरेलाई सम्मान गरे । देवदह नगर प्रमुख खरेलसहितको उपस्थितिमा दोसल्ला ओढाएर उनलाई सम्मान गरिएको जनाइएको छ । 

    त्यसैगरी विभिन्न तहगत वार्षिक परिक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने १२३ जना विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ ।  एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही २५ हजारसहित उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफी, मेडल, प्रमाण पत्र र नगदसहित पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । 

    उत्कृष्ट नतिजा दिने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने २८ जना शिक्षक-कर्मचारीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल गैरेले जानकारी दिए ।

    वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने २० जना अभिभावकलाई समेत विद्यालयले पुरस्कार प्रदान गरेको छ । 
     
    विद्यालयका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतासम्म सम्पन्न मूल समारोहमा सहायक प्रिन्सिपल बेद सूर्यवंशीको स्वागत तथा अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संचालन रहेको थियो ।

    वि.सं. २०५८ मा स्थापना भएको विद्यालयले प्राथमिक तहबाट सुरु गरी हाल कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्दै आएको बुद्ध पब्लिकमा दुई हजार बढी विद्यार्थी अध्यनरत छन् भने १३८ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।