Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकद्वारा कक्षा ११ का २२० विद्यार्थीलाई स्वागत

देवदह बुद्ध पब्लिकद्वारा कक्षा ११ का २२० विद्यार्थीलाई स्वागत

images
  • देवदह बुद्ध पब्लिकद्वारा कक्षा ११ का २२० विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका २२० जना विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार एक कार्यक्रम बीच नवप्रवेशी विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत गरिएको सहायक प्रिन्सिपल वेद सुर्यबंशीले जानकारी दिए । 

    images
    images
    images

    विद्यार्थी परिषद्का अध्यक्ष तथा कक्षा १२ का विद्यार्थी प्रितम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिसान नेपालका उपाध्यक्ष सुमन गोपाल आचार्य प्रमुख अतिथि रहेका थिए । त्यसैगरी बुद्ध पब्लिक फाउन्डेसनका प्रमुख सल्लाहकार तथा आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारी र देवदह प्याब्सनका अध्यक्ष रामबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

    images
    images
    images

    कार्यक्रममा बुद्ध पब्लिक फाउन्डेसनका अध्यक्ष सुभकान्त न्यौपाने, विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, माध्यमिक तह इन्चार्ज मुक्ति विश्वकर्मा, खेलकुद संयोजक बलराम ज्ञवाली लगायत +२ तहका सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    विद्यार्थीको तर्फबाट सुसन भण्डारी र गौरव खत्रीले स्वागत मन्तव्य राखेका थिए भने शिक्षकको तर्फबाट सहायक प्रिन्सिपल वेद सूर्यवंशीले नवप्रवेशी विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै अध्ययनसँगै अनुशासन, सिर्जनशीलता र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरे ।

    कार्यक्रमको सञ्चालन विद्यार्थी सेल्वी सुनार र सुसन भण्डारी तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले गरेका थिए । +२ इन्चार्ज अनन्तराम भण्डारीले धन्यवाद ज्ञापन गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।