Logo

२०८३, श्रावण ३०गते


images
images

कला

कान्तिपुर थिएटरमा ‘समर लभ’ को मञ्चन उत्साहजनक

कान्तिपुर थिएटरमा ‘समर लभ’ को मञ्चन उत्साहजनक

images
  • कान्तिपुर थिएटरमा ‘समर लभ’ को मञ्चन उत्साहजनक
    images
    images

    काठमाडौँ । सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ । सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि मञ्चन सुरु भएको हो।

    images
    images
    images

    नाटकका पहिलो दुई दिनका चारै शो तीन दिनअघि नै हाउसफुल भएका थिए भने भोलिका दुवै शोका टिकट पनि अग्रिम बुकिङ भइसकेका छन् । यसअघि कान्तिपुर थिएटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ कीर्तिमानी शो सम्पन्न गर्दै नेपाली रंगमञ्चमा नयाँ इतिहास रचेको थियो ।

    images
    images
    images

    ‘समर लभ’ को अर्को विशेष आकर्षण अभिनेता अर्पण थापा हुन् । नेपाली चलचित्रका चर्चित अभिनेता थापाले यस नाटकमार्फत पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन् । मुख्य भूमिकामा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं रहेका छन् ।

    images
    images
    images

    कान्तिपुर थिएटर नेपाली चलचित्र, साहित्य र रंगमञ्चबीचको सेतुका रूपमा स्थापित हुँदै गएको देखिन्छ । अर्पण थापासँगै रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, शनिशा भट्टराई, मनोज गजुरेललगायत कलाकारहरूले पनि यही थिएटरबाट पहिलो पटक रंगमञ्चमा अभिनय गरेका थिए । यसले चलचित्रका चर्चित कलाकारहरूलाई रंगमञ्चतर्फ आकर्षित गर्दै आएको छ ।

    कान्तिपुर फिल्म एकेडेमीको थिएटर प्रोडक्सन ‘समर लभ’ बुधबार बाहेक हरेक दिन दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे मञ्चन हुँदैछ । करिब १ घण्टा ५० मिनेट लामो नाटकको टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

    यसैबीच, कान्तिपुर थिएटरको चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगर, पोखरा र चितवनमा पनि मञ्चन हुने तयारी भइरहेको छ। काठमाडौंमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’ को मञ्चनले नेपाली रंगमञ्चको आयतन अझ फराकिलो बनाउने विश्वास कान्तिपुर थिएटरले लिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।