Logo

२०८३, श्रावण ३०गते


images
images

खेलकुद

कम्बोडियामा स्वर्ण जितेर फर्किएकी सुष्मालाई बर्दघाटमा सम्मान

कम्बोडियामा स्वर्ण जितेर फर्किएकी सुष्मालाई बर्दघाटमा सम्मान

images
  • कम्बोडियामा स्वर्ण जितेर फर्किएकी सुष्मालाई बर्दघाटमा सम्मान
    images
    images

    बर्दघाट । कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर  विश्व च्याम्पियनसिपमा स्वर्ण पदक बिजेता बर्दघाटकी सुष्मा चौधरीलाई स्वागत तथा सम्मान गरिएको छ । पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएको भन्दै चौधरीलाई गृहनगर बर्दघाट नगरपालिका वडा नं. ५ का आमा समूहहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन् । 
    कुन खमेर  कम्बोडियाको परम्परागत र अत्यधिक लोकप्रिय मार्सल आट्र्स (युद्धकला र फाइटिङ खेल) हो । यो खेल थाइल्यान्डको प्रसिद्ध खेल ‘मुया थाइ’सँग धेरै मिल्दोजुल्दो छ । यद्यपि कम्बोडियामा यसलाई आफ्नो मौलिक साँस्कृतिक पहिचानको रूपमा लिइन्छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्दै देश र आफ्नो भूगोलको पहिचान उच्च बनाएको खुसीयालीमा बर्दघाट-५ मा सक्रिय स्थानीय विभिन्न आमा समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी चौधरीलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    स्वर्ण पदक जितेर गृहनगर फर्किएकी उनलाई गाउँ प्रवेश गर्दा आमा समूह, खेलप्रेमी, युवा क्लब तथा स्थानीय नगरबासीहरूले बाजागाजा, अबिर र फूलमाला लगाएर स्वागत गरेका थिए ।

    images
    images
    images

    लामो समयदेखि आईटीएफ तेक्वान्दोमा सक्रिय रहँदै ब्ल्याक बेल्ट (प्रथम डान) हासिल गरिसकेकी चौधरीले मार्सल आट्र्सको विश्वस्तरीय प्रतियोगितामा यो सफलता हासिल गरेपछि गाउँभरि खुसीयाली छाएको छ । 

    आमा समूहको सम्मान ग्रहणपछि बोल्दै स्वर्ण पदक विजेता चौधरीले आफ्नै घर-आँगन र आमाहरूको हातबाट सम्मानित हुन पाउनु आफ्ना लागि जीवनकै अविस्मरणीय क्षण भएको बताइन् । उनले भनिन्, ‘कम्बोडियामा देशको झण्डा फहराउन पाउँदा जति खुसी लागेको थियो, आज गृहनगर फर्किएर आमाहरूको आशीर्वाद र माया पाउँदा त्यो भन्दा बढी हौसला मिलेको छ । यो सफलता मेरो मात्र नभई मलाई निरन्तर प्रोत्साहन गर्ने सम्पूर्ण पश्चिम नवलपरासी र बर्दघाटबासीको हो ।’

    नगरपालिकाले समेत नगद २० हजारसहित सम्मान गरिसकेको सन्दर्भमा बर्दघाटका अन्य विभिन्न संघ–संस्थाहरूले पनि चौधरीको सम्मानमा श्रृंखलाबद्ध कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कम्बोडिया
  • # स्वर्ण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।