Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सगरमाथा कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

images
  • सगरमाथा कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । देवदह-७ स्थित सगरमाथा कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । शनिवार एक कार्यक्रम बीच नवआगन्तुक २२० जना विद्यार्थीलाई स्वागत गरिएको जनाइएको छ । 

    images
    images
    images

    नयाँ विद्यार्थीलाई कलेजको वातावरणमा सहज रूपमा घुलमिल गराउने तथा कक्षा ११ र १२ का विद्यार्थीबीच आत्मीयता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष हिरा बहादुर खत्रीले संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । अनुशासन र लगनशीलताले नै विद्यार्थीलाई हरेक चुनौतीसंग लड्न सक्षम बनाउने उल्लेख गर्दै देवदह नगरपालिकाका प्रथम नगर प्रमुखसमेत रहेका खत्रीले सगरमाथा कलेजले पाठ्यपुस्तकमात्र नभई अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई योग्य र दक्ष बनाउने बताए । 

    images
    images
    images

    सोहि कार्यक्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतले सगरमाथा कलेज उत्कृष्ट शैक्षिक गन्तव्य बनेको बताए ।  

    कक्षा १२ मा अध्ययनरत छात्र रोहित गुरुङ अध्यक्षता रहेको कार्यक्रममा कलेजका सह-प्राचार्य प्रदीप अधिकारीले स्वागत मन्तव्य राखेका थिए । 

    कार्यक्रमको सञ्चालन विद्यार्थी रविन अधिकारी र रमित अधिकारीले गरेका थिए ।

    सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम तथा नाटक प्रदर्शन गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।