Logo

२०८३, आश्विन १०गते


images
images

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सकारात्मक, अन्य उद्योग पनि चलाउन प्रचण्डको आग्रह

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सकारात्मक, अन्य उद्योग पनि चलाउन प्रचण्डको आग्रह

images
  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सकारात्मक, अन्य उद्योग पनि चलाउन प्रचण्डको आग्रह
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन्।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले हेटौँडा कपडा उद्योगको पुनरुत्थानले कपडा उपभोगमा रहेको वैदेशिक आयातनिर्भरता घटाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन्।

    images
    images
    images

    आफ्नो नेतृत्वको सरकारको पालामा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पारिएको स्मरण गराउँदै उनले सोही आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने योजना समावेश गरिएको स्पष्ट पारे।

    images
    images
    images

    सरकारबाट बाहिरिएपछि रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको उल्लेख गर्दै उनले हेटौँडा कपडा उद्योगसँगै अन्य सम्भावना भएका बन्द सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनाका साथ सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

    देशमा आन्तरिक उत्पादन बढाउन, आयात प्रतिस्थापन गर्न र व्यापक रोजगारी सिर्जना गर्न रुग्ण उद्योगहरूको पुनरुत्थान निर्णायक हुने भन्दै संयोजक प्रचण्डले यस प्रक्रियालाई परिणाममुखी ढङ्गले अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।