Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्डकाे आग्रह– गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस्

प्रचण्डकाे आग्रह– गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस्

images
  • प्रचण्डकाे आग्रह– गल्ती सच्याउँछौँ, ८४ मा बहुमत दिनुहोस्
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रको तुलसीपुर नगर कमिटीले आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    प्रचण्डले भने, "यो पटक देशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौँ । तपाईंहरूले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ ।"

    images
    images
    images

    प्रचण्डले जनयुद्धमा साथ दिएको बताउँदै अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिन आग्रह गरे ।

    images
    images
    images

    "तपाईंहरूले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपाईंहरूको साथ चाहियो । तपाईंहरूले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ," उनले भने ।

    तेस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनको भनाइ छ ।

    "सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ," उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।