काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै रोपाइँको मुख्य समयमा पनि किसानले सहज रूपमा मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै रोपाइँको मुख्य समयमा पनि किसानले सहज रूपमा मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री प्राप्त गर्न नसकेको उल्लेख गर्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
प्रचण्डले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै मुलुकको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने बताएका छन् । उनले किसानमैत्री नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारले विशेष गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
शुभकामना सन्देशमा उनले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान अझ बढाउने तथा उत्पादन वृद्धि गर्ने नयाँ सङ्कल्प जागृत गराओस् भन्ने कामना गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology