Logo

२०८३, श्रावण २७गते


images
images

बञ्चरे डाँडामा फोहोर फाल्न दिन्नौं भन्ने स्थानीयमाथि प्रहरीको बल प्रयोग

बञ्चरे डाँडामा फोहोर फाल्न दिन्नौं भन्ने स्थानीयमाथि प्रहरीको बल प्रयोग

images
  • बञ्चरे डाँडामा फोहोर फाल्न दिन्नौं भन्ने स्थानीयमाथि प्रहरीको बल प्रयोग
    images
    images

    काठमाडौं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

    images
    images
    images

    त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। उनका अनुसार त्यहाँ अहिलेसम्म फोहोर लगिसकेको छैन। तर प्रहरी र सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रणमा लिने काम भइरहेको उनले बताए। 

    images
    images
    images

    ‘फोहोर अहिलेसम्म ल्याएको छैन। प्रहरी र सशस्त्र आएर सुरूमा पाँच जनालाई समाएको छ। पछि अरूलाई पनि नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने। 

    images
    images
    images

    फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेका थिए। प्रहरीले अहिले कसैलाई हिँड्न दिएको छैन। 

     

    प्रहरीले त्यस ठाउँ वरिपरिका घरभित्रै पुगेर पनि मानिसहरूलाई नियन्त्रणमा लिइसकेका छन्। 

    बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन्। 

    ‘नियन्त्रणमा लिएका छैनौं। अवरोध पुर्‍याएको हुँदा हटाएका हौं,’ उनले भने।

    फोहोर ल्याउन नदिन स्थानीयले सडक पनि बन्द गर्दै अवरोध पुर्‍याएका थिए। अहिले डोजर लगाएर अवरोध हटाउने काम भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बञ्चरे डाँडा
  • # फोहोर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।