Logo

२०८३, श्रावण २७गते


images
images

बञ्चरेडाँडा ल्याण्डफिल साइट

स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता : फोहोरको अवरोध खुल्यो

स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता : फोहोरको अवरोध खुल्यो

images
  • स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता : फोहोरको अवरोध खुल्यो
    images
    images

    काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनमा स्थानीयका माग पुरा गर्ने प्रतिबद्धता गरेपछि बञ्चरेडाँडा फोहर फाल्न दिन सहमति भएको छ ।

    images
    images
    images

    आइतवार बिहान मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमनपछि स्थानीयसँग छलफल गरेका थिए । छलफलमा स्थानीय जनप्रतिनिधि र नागरिकले यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएकोले आफुहरुले अवरोध गर्न बाध्य भएको मन्त्री घिसिङसँग राखेका थिए ।

    images
    images
    images

    त्यसपछि घिसिङले १५ दिन भित्र यसअघि गरिएका सहमति कार्यान्वयन गर्ने तर अहिलेलाई फोहोर फाल्न दिन आग्रह गरेपछि स्थानीय सहमत भएका हुन् । सहमतिसँगै बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरिएको छ ।

    images
    images
    images

    ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यन्वयनमा संघीय सरकार र काठमाडौँ महानगरले चासो नदिएको भन्दै विगत चार दिनदेखि फोहोर फाल्न अवरोध गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोहोर
  • # घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।