Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको डम्पिङ्ग साइटमा आगलागी : स्थानीयले फर्काइदिए फोहोर बोकेका गाडी

देवदहको डम्पिङ्ग साइटमा आगलागी : स्थानीयले फर्काइदिए फोहोर बोकेका गाडी

images
  • देवदहको डम्पिङ्ग साइटमा आगलागी : स्थानीयले फर्काइदिए फोहोर बोकेका गाडी
    images
    images

    देवदह । देवदह नगरपालिकाको फोहोर व्यवस्थापन क्षेत्र (डम्पिङ्ग साइट) मा आगलागी भएपछि स्थानीयले फोहोर विसर्जनमा रोक लगाएका छन् । डम्पिङ्ग साइटको आगलागी नियन्त्रणमा वेवास्ता र फोहोर व्यवस्थापनमा हेलचेक्राई गरेको भन्दै आइतबार स्थानीयले नगरपालिकाको फोहोर बोकेका ट्याक्टरलाई  डम्पिङ्ग साइटमा प्रवेश गर्न दिएनन् । 

    images
    images
    images

    शनिबार दिउँसो २:३० मा लागेको आगो नियन्त्रण गर्न नगरपालिकाले समयमै दमकल व्यवस्थापन गर्न नसकेको र प्लाष्टिकजन्य बस्तु जलेको धुवाको मुस्लो गाउँमा पस्दा मानव स्वास्थ्यमा गम्भिर असर पारेकोले नगरपालिकालाई फोहोरको विसर्जनको लागि अनुमति नदिईएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर रानाले बताए । अध्यक्ष रानाले सेतोमसीसंग भने, "फोहोर विसर्जन क्षेत्रमा जाने बाटो व्यवस्थित नगर्ने, फोहोरलाई यत्रतत्र छर्ने तथा आगलागी जस्तो गम्भीर घटनामा समेत नगरपालिका संवेदनशील नबनेकोले डम्पिङ्ग साइटमा फोहोर बोकेका गाडीलाई प्रवेश गर्न स्थानीयले दिएका छैनन् ।" प्लास्टिक जलेको धुवाँले जेष्ठ नागरिक र दमको समस्या भएका विरामीलाई अत्यन्तै समस्या पारेको उल्लेख गर्दै अध्यक्ष रानाले यहि अवस्थामा बुद्ध सामुदायिक वन क्षेत्रमा फोहोर फाल्न दिन नसकिने दोहोर्याए । 

    images
    images
    images
    बुद्ध बन आगलागी .jpeg
    शनिबार देवदहको डम्पिङ्ग साइटमा लागेको आगलागी  । तस्वीर  : बुद्ध सामूदायिक वन 

    स्थानीयको गुनासोबारे देवदह नगरपालिकाको धारणा बुझ्न सेतोमसीले गरेको कुराकानीमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले छिट्टै नगरपालिकाले समस्या समाधान गर्ने बताए ।  आइतबार बिहान ल्याईएको बुटवलको दमकलले आगो पुरै नियन्त्रणमा ल्याउन नसकेको र त्यसको दिर्घकालिन व्यवस्थापनमा नगरपालिका लागि परेको उल्लेख गर्दै प्रमुख खरेलले  स्थानियसंग बसेर समस्याको समाधान निकाल्ने बताए । 

    images
    images
    images

    "हामीले फोहोर वर्गीकरण गरेका छौं, अब नकुहिने र कुहिने गरि दुई किसिमका फोहोर हामीले व्यवस्थापन गर्छौ ।" सेतोमसीसंग कुरा गर्दै उनले भने, "कुहिने फोहोरलाई त्यहि पुर्ने र नकुहिने फोहोरलाई कवाडको रूपमा विक्री गरि फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दैछौं । यसले हाल कायम रहेको समस्याको दिर्घकालिन समाधान गर्छ ।"  

    देवदह नगरपालिका टेक्टर .jpg
     डम्पिङ्ग साइटमा फोहोर विसर्जन गर्न नदिईएपछि बाटोमा रोकिएका फोहोर बोकेका टेक्टर  । तस्वीर  : नविन लुईंटेल / सेतोमसी 

    सडक व्यवस्थापनको लागि वडा अध्यक्ष गणेश डुम्रेलाई आवश्यक प्रक्रिया पुर्याउन निर्देशन गरिसकेको उल्लेख गर्दै प्रमुख खरेलले आगामी दिनमा आगलागी हुन नदिन उक्त क्षेत्रमा हेरालु राख्ने व्यवस्था नगरपालिकाले मिलाउने बताए । 

    देवदह नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको संयुक्त लगानीमा खरिद गर्न लागिएको दमकल पनि केही दिनमै आउने बताउंदै प्रमुख खरेलले आगालागीको समस्या समाधान हुने दावी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।