Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय हितका पक्षमा एकजुट हुन ओलीको आह्वान

राष्ट्रिय हितका पक्षमा एकजुट हुन ओलीको आह्वान

images
  • राष्ट्रिय हितका पक्षमा एकजुट हुन ओलीको आह्वान
    images
    images

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    images
    images
    images

    अध्यक्ष ओलीले सिरहासहित अन्य स्थानमा पनि गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    images
    images
    images

    ओलीले नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले भ्रामक प्रचार हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गरेका छन् ।

    images
    images
    images

    सरकारले नागरिकको जीउधनको सुरक्षा गर्दै संवादमार्फत समस्या समाधान गर्नु प्राथमिक दायित्व भए पनि संवेदनशील अवस्थामा देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको उनको भनाइ छ । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

    यस्तै, मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा ओलीले जोड दिएका छन् ।

    ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान संकटको निकास सम्भव रहेको बताएका छन्। राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।