Logo

२०८३, श्रावण ३०गते


images
images

मदन आश्रितले जनताको पक्षमा उभिन प्रेरित गरिरहेका छन्: ओली

मदन आश्रितले जनताको पक्षमा उभिन प्रेरित गरिरहेका छन्: ओली

images
  • मदन आश्रितले जनताको पक्षमा उभिन प्रेरित गरिरहेका छन्: ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।

    images
    images
    images

    मदन-आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले  मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् ।

    images
    images
    images

    ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् ।

    images
    images
    images

    अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्‍याउने मार्गचित्र तयार गरेको बताएका छन् ।

    उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।

    ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ । 

    भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।