Logo

२०८३, मंसिर १गते


images
images

आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई ओलीको निर्देशन

आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई ओलीको निर्देशन

images
  • आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई ओलीको निर्देशन
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    images
    images
    images

    मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नहुने भन्दै आवश्यकता परे तत्कालै आन्दोलनमा उत्रिनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'आन्दोलन सधै लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिदैन । असह्य भएपछि आन्दोलन तत्काल हुनसक्छ । कुनै पनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ, साथीहरु मानसिकरुपमा तयार भएर बस्नुहोला ।'

    images
    images

    उनले आगामी निर्वाचनमा पार्टीलाई कमजोर बनाउन खोज्ने शक्तिविरुद्ध जित हासिल गर्ने गरी अघि बढ्न निर्देशन दिए ।

    प्रदेशमा सरकार गठनको विषयमा सर्वोच्च अदालतले गरेको ब्याख्याप्रति असन्तुष्टि जनाउदै ओलीले अनौठो फैसला गरेको टिप्पणी गरे । 

    उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा ढिलाइ गरेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे ।

    ओलीले पार्टी पुनर्गठन गर्दै जनताको घरदैलोमा पुग्न, किसान तथा नागरिकसँग संवाद गर्न र एमालेलाई देशको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।