Logo

२०८३, श्रावण २७गते


images
images

बाढी पहिरो

पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

images
  • पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण
    images
    images

    बाजुरा । बाजुराको बडिमालिका नगरपालिका-०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।

    images
    images
    images

    शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर-सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।

    images
    images
    images

    प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् ।

    images
    images
    images

    जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ ।

    पहिरोका कारण बडिमालिका नगरपालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।