Logo

२०८३, श्रावण २७गते


images
images

तुइन खोलाको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु

तुइन खोलाको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु

images
  • तुइन खोलाको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु
    images
    images

    चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

    images
    images
    images

    पहिरो खसेपछि केही समय दुवैतर्फको सवारी आवागमन रोकिएको थियो । सडकमा तैनाथ मेसिन प्रयोग गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    सडक खुलिसकेकाले सवारी चालकलाई आफ्नो लेनको पूर्ण पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

    images
    images
    images

    यसअघि बिहान करिब १०:४० बजे तुइन खोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । लगत्तै तैनाथ मेसिनमार्फत पहिरो हटाउने काम सुरु गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।