Logo

२०८३, श्रावण २७गते


images
images

वन वातावरण

स्मृति सामुदायिक वनद्धारा १४७४ क्यूफिट काठ कटान गरि घाटगद्धिमा संकलन

स्मृति सामुदायिक वनद्धारा १४७४ क्यूफिट काठ कटान गरि घाटगद्धिमा संकलन

images
  • स्मृति सामुदायिक वनद्धारा १४७४ क्यूफिट काठ कटान गरि घाटगद्धिमा संकलन
    images
    images

    देवदह । स्मृति सामुदायिक वन उपभोक्ता समूह देवदह-७ ले चालु आर्थिक बर्षमा १४७४.३५ क्यूफिट काठ कटान गरि घाटगद्धिमा संकलन गरेको छ । समूहले सोमबार कटान क्षेत्रको अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँचका क्रममा सो परिमाणको काठ तथा ५ चट्टा दाउरा संकलन गरेको जनाएको हो । 

    images
    images
    images

    आर्थिक वर्ष २०८२÷०८३ मा समूहको आवधिक खण्ड नं १ को उपखण्ड १० अन्तर्गत रहेर पुनरोत्पादन तथा सम्पूर्ण वन क्षेत्रमा ढलापडा, सुखड खडा रुख कटान गरिएको थियो । 

    images
    images
    images

    सोमबार जनप्रतिनिधि, वनका प्राविधिक, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, वनका पदाधिकारी, सञ्चारकर्मी लगाएतको रोहवरमा चेकजाँच गरिएको समूहका सचिव सुशिला भट्टराईले जानकरी दिइन् । 

    images
    images
    images

    समूहले चालु आर्थिक वर्षमा पुनरोत्पादन कटानतर्फ २५४.२५ क्यूफिट र ढलापडातर्फ १२२०.१० क्यूफिट काठ कटान गरि घाटगद्धीमा संकलन गरेको अध्यक्ष भरतबहादुर गुरुङ्गले जानकारी दिए । अध्यक्ष थापाका अनुसार पुनरोत्पादन र ढलापडा दुवैतर्फबाट गरि ५ चट्टा दाउरा संकलन भएको हो ।  

    WhatsApp Image 2026-06-21 at 19.23.12.jpeg

    डिभिजन वन कार्यालय रुपन्देहीको सहमति अनुसार समूहले पुनरोत्पादन कटानतर्फ जम्मा ७ वटा विभिन्न प्रजातीका रुखबाट १७२.३७ क्यूफिट तथा ढलापडा तर्फ १६ वटा रुखबाट ११४९.३६ क्यूफिट गरि कुल १३२१.७३ क्यूफिट काठ तथा ५.७० चट्टा कटान गरि संकलन गर्ने अनुमति पाएको थियो । दुवैतर्फको संकलन परिमाणलाई हेर्दा यो बर्ष १५२.६२ क्यूफिट काठ बढि संकलन भएको अध्यक्ष गुरुङ्गले बताए । खडा रुखलाई अनुमानको आधारमा उचाई नाप्नुपर्ने भएकोले पूर्वानुमान भन्दा केहि बढि काठ निस्किएको समूहका कोषाध्यक्ष चन्द्रकान्ता खरेलले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।