गोविन्द घर्ती, देवदह । देवदहस्थित स्मृति सामुदायिक वनमा ४४६ विरूवा रोपिएको छ । शुक्रबार वृक्षरोपण दिवस–२०८१ को अवसरमा डिभिजन वन कार्यालय रुपन्देहीको आयोजना, सव डिभिजन वन कार्यालय शितलनगरको सहआयोजना र स्मृति सामुदायिक वन उपभोक्ता समुहको व्यवस्थापनमा वृक्षरोपण गरिएको वनले जनाएको छ ।
वनको गुरुङडाँडा क्षेत्रमा डिभिजन वन कार्यालय रुपन्देहीले उपलव्ध गराएको सगुन २१०, तेजपत्ता ११०, साल ७५, कागती १२०, जामुन ३० गरि ४४६ विरुवा लगाईएको वनका अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सामूदायिक वन क्षेत्रको घोडाहा खोलाले कटान गरेको हुँदा कटान रोक्न स्थानीय तहले भूमिका खेल्नु परेको बताए । वन क्षेत्रको खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी भएकोले स्थानीय तहले बेला बेलामा अनुगमन गर्न आवश्यक रहेको उल्लेख गर्दै गुरुङले स्मृति सामुदायिक वनको गुरुङ्डाँडा अतिक्रमण हुने क्षेत्र भएकोले वृक्षणरोपण दिवसको अवसर पारेर विरुवा रोपिएको बताए ।
देवदह नगरपालिका–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतको उपस्थितिमा सम्पन्न वृक्षरापण कार्यक्रममा सव डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन पदाधिकारी, आमउपभोक्ताहरुको सहभागिता रहेको थियो । समुहका सचिव शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology