देवदह । ५३ लाख ७० हजार रुपैंया बराबरको आय व्यय सार्वजनिक गर्दै स्मृति सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समूहले आर्थिक वर्ष २०८१÷०८२ मा वन विकास तर्फ ४९.४६ प्रतिशत, सामाजिक विकास तर्फ २४.६८ प्रतिशत, गरिवी निवारण तर्फ १.०५ प्रतिशत र प्रशासनिक तर्फ १७.२३ प्रतिशत रकम खर्च गरेको छ । समूहले उक्त आर्थिक बर्षमा ७.५८ प्रतिशत रकम मौज्दातको रुपमा रहेको जनाएको छ ।
यसैगरी समूहले आर्थिक वर्ष २०८२÷०८३ का लागि १८ लाख ६० हजार रुपैंया बराबरको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेको छ । विवरण प्रस्तुत गर्दै अध्यक्ष भरत गुरुङले स्मृति वन बाटीकामा भौतिक संरचना निर्माण, खुल्ला क्षेत्रमा बृक्षरोपण, झाडी सफाई, नदी कटान क्षेत्रमा तटबन्धन लगाएतका कार्यक्रम यस चालु आर्थिक वर्षमा गरिने जानकारी दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले सामुदायिक वन र उपभोक्ता विच सहकार्य आवश्यम रहेको बताए । सामुदायिक वन क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रणका लागि पनि उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिदै उनले सार्वजनिक सम्पत्ति सबैको भएकाले त्यसको दायित्व सबैको हुने उल्लेख गरे ।
कार्यक्रममा गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, सितलनगर सव डिभिजन वन कार्यालयका रेञ्जर चिन्तामणी पञ्जीयार, श्रृजना सामुदायिक वनका अध्यक्ष सम्झना दुवे, सेतोमसी डटकमका प्रमोद खनाल लगाएतले बोल्दै वनको दिगो संरक्षणले मात्रै भविष्यका सन्ततिले पनि यसको उपभोग गर्न सक्ने विचार व्यक्त गरे ।
समूहका उपाध्याक्ष अर्जुन ढकालको स्वागत र सचिव शुसिला भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रकान्ता खरेल ध्रुवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology