Logo

२०८३, श्रावण २७गते


images
images

प्रस्तरकला वाटिका निर्माणका लागि स्मृति सामुदायिक वनले प्रस्तरकला कार्यशाला गर्ने

प्रस्तरकला वाटिका निर्माणका लागि स्मृति सामुदायिक वनले प्रस्तरकला कार्यशाला गर्ने

images
  • प्रस्तरकला वाटिका निर्माणका लागि स्मृति सामुदायिक वनले प्रस्तरकला कार्यशाला गर्ने
    images
    images

    देवदह । स्मृति सामुदायिक वन उपभोक्ता समूहले प्रस्तरकला कार्यशाला गर्ने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक र
     देवदह नगरपालिकाको आर्थिक सहयोगमा कार्याशाला हुन लागेको हो ।  20220304_180822.jpg

    images
    images
    images

    देवदह नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को विनियोजित १० लाख बजेटबाट कम्तिमा ८ वटा मूर्ति निर्माण गर्नेगरि कार्यशाला हुन लागेको कार्यशालाको लागि निर्मित उपभोक्ता समूहका संयोजक टंक पोखरेल बताए । संयोजक पोखरेलका अनुसार बिगत २ वर्षदेखी योजनामा रहेको प्रस्तरकला कार्यशालाका लागि यसअघि लुम्बिनी प्रदेश सरकारबाट ७० लाख बिनियोजन भएपनि पछि उक्त रकम आंशिक रकमान्तर भई अन्य शिर्षकमा गएको तथा बाँकी रकम समेत कोरोना महामारीका कारण फिर्ता गएकोले काम हुन सकेको थिएन । 

    images
    images
    images


    हाल उक्त कार्यशालाका लागि नगरपालिकाले १० लाख सहयोग उपलब्ध गराएको र अन्य स्रोतको समेत खोजी गर्ने योजनाका साथ आफुहरू अगाडि बढिरहेको समूहका अध्यक्ष भरत कुमार गुरुङ्गले बताए । 

    images
    images
    images

    ड्रीम देवदहको समन्वयमा स्मृति सामुदायिक वनले गर्न लागेको उक्त कार्यशाला वन क्षेत्रभित्रको स्मृती वन बाटिकामा सञ्चालन हुनेछ । 

    देवदहको शितलनगर चोकबाट करिव ५०० मिटरको दुरीमा रहेको ५ बिगाहा क्षेत्रफलमा अवस्थित बाटिकाको बृहत गुरुयोजना समेत निर्माण भइसकेको छ । कार्यशालामा बुद्धकालीन महत्व झल्किने खालका मूर्तिहरु निर्माण गरिने वनले जनाएको छ । 

    प्रस्तरकलासहित बाटिकाको विकासले देवदहको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यशाला आगामी चैत्रको पहिलो हप्ताबाट सुरु हुनेछ ।

    स्मरण रहोस्,  बुद्ध सामुदायिक वनक्षेत्रमा निर्माण भएको राष्ट्रिय गौतमबुद्ध उद्यानमा यसअघि ड्रीम देवदहकै समन्वयमा भएको काष्ठकला कार्यशालाबाट निर्मित मुर्तिका कारण उक्त उद्यान काष्ठकला उद्यानका नामले प्रख्यात छ । यतिबेला उक्त उद्यान आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।