Logo

२०८३, श्रावण २७गते


images
images

स्मृति सामुदायिक वनको १३ औं वार्षिक साधारणसभा सम्पन्न 

स्मृति सामुदायिक वनको १३ औं वार्षिक साधारणसभा सम्पन्न 

images
  • स्मृति सामुदायिक वनको १३ औं वार्षिक साधारणसभा सम्पन्न 
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा अवस्थित स्मृति सामुदायिक वनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवदह ४, ७ र ८ वडामा फैलिएको स्मृति सामुदायिक वन उपभोक्ता समुहको १३औं वार्षिक साधारणसभा वनको कार्यालय शितलनगरमा सम्पन्न भएको हो । 

    images
    images
    images

    वनको साधारण सभालाई सम्बोधन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदहका सामुदायिक वनले वन संरक्षण र पर्यापर्यटनको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरिन् । स्मृति वन बाटिका (जसलाई देवदह प्रस्तरकला पनि भनिन्छ) पार्क समेत निर्माण गरेर देवदहको पर्यटन प्रवर्धनमा स्मृति वनले  महत्वपुर्ण योगदान पुर्याएको  उल्लेख गर्दै उपप्रमुख गुरुङले पार्क व्यवस्थापनका बाँकी काम पुरा गर्न र वन क्षेत्रको संरक्षणसंगै विकासको लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    images
    images
    images

    मान्छेको जन्मदेखि मृत्युसम्म हरेक क्षण वन र वनबाट उत्पादित वस्तुको आवश्यकता रहने हुनाले वनमा हुने चोरी तस्करी रोक्दै वन विकासमा सामुदायिक वन, आम उपभोक्ता र सरोकारवाला निकायले वन जोगाउन आवश्यक भूमिका खेल्नुपर्ने उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ८ का अध्यक्ष हरि पाण्डे, वडा नं ७ का अध्यक्ष कृष्ण अधिकारी लगायतले वन संरक्षणसंग नदि र नदिजन्य पदार्थ पनि जोडिने हुँदा नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण हुन नसके वन क्षेत्र मासिदै जाने र समुदायिक वनको आम्दानी पनि गुम्ने खतरा बढ्नेमा जोड दिए । रातको १२-१ बजे देवदहका विभिन्न खोलाबाट नदिजन्य पदार्थको अबैध निकासी हुने र त्यसको नियन्त्रण हुन नसक्दा राजश्व समेत गुमिरहेको उनीहले बताए । 

    कार्यक्रममा गाउँ वन संजाल रूपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी, वनका सल्लाहकारहरू मोतिलाल ढकाल, डिल्लीराज मरासिनी, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुँवर लगायतले बोलेका थिए । 

    साधारण सभाले अध्यक्ष भरत कुमार गुरुङको वार्षिक  प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त खरेलले पेश गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक तिलोचन दाहालले पेश गरेको प्रतिवेदन पारित गरेको छ ।  साधारण सभा उपाध्यक्ष अर्जुन कुमार ढकालको स्वागत मन्तव्य र सचिव सुशिला भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

    देवदह नगरपालिकाको वडा नं ४, ७ र ८ को ३०५.५५ हेक्टर क्षेत्रफलमा फैलिएको स्मृति सामुदायिक वनको १०६९ जना उपभोक्ता रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।