Logo

२०८३, श्रावण २७गते


images
images

बैकल्पिक सोंच

महाविर पुनको अपिल : हिमाल चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर भए प्रयोग गरौं

महाविर पुनको अपिल : हिमाल चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर भए प्रयोग गरौं

images
  • महाविर पुनको अपिल : हिमाल चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर भए प्रयोग गरौं
    images
    images

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख बैज्ञानिक महाविर पुनले हिमाल चढ्ने र ट्रेकिंग गर्ने कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ भने त्यसलाइ कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न दिनुहुन अपिल गरेका छन् ।

    images
    images
    images

    सामाजिक संजालमा लेख्दै बैज्ञानिक पुनले भनेका छन् - "हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरु कसै संग छन भने सम्पर्क गर्नु होला । ति सिलिन्डरहरुमा ४ केजी अक्सिजन जाने रहेछ र २ बारमा अक्सिजन दिंदा ६ घण्टा जति पुग्ने रहेछ ।"

    images
    images
    images

    सगरमाथा सफा गर्ने टोलिले त्यस्ता सिलिन्डर भेटेर जम्मा गरेको छ भने पनि यो महामारीमा उक्त सिलिन्डर काममा आउने भन्दै पुनले सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहिँ कसैले जम्मा गरेर राख्नु भएको छ भने सम्पर्क
    राख्नुहुन अनुरोध गरेका छन् ।FB_IMG_1620105677812.jpg

    images
    images
    images

    साथै ट्रेकिङ्ग कम्पनीहरु संग त्यस्ता खाली सिलिन्डरहरु हुन सक्ने भन्दै उनले ति खाली सिलिन्डरहरु राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गरे पनि अथवा सापटी
    दिए पनि हुन्छ भनेका छन् । 

    ती सिलिन्डरमा अक्सिजन भरेर आफुहरुले कोरोना बिरामीहरुलाई उपलब्ध गराउने उल्लेख गर्दै उनले नेपालमा अक्सिजनको खाली सिलिन्डरहरुको अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।