Logo

२०८३, श्रावण २७गते


images
images

साना किसान कृषि सहकारी, देवदह : ३० वर्षमा १५५ गुणा सदस्य वृद्धि, ७३ प्रतिशत महिला

साना किसान कृषि सहकारी, देवदह : ३० वर्षमा १५५ गुणा सदस्य वृद्धि, ७३ प्रतिशत महिला

images
  • साना किसान कृषि सहकारी, देवदह : ३० वर्षमा १५५ गुणा सदस्य वृद्धि, ७३ प्रतिशत महिला
    images
    images

    देवदह । शुक्रवार साना किसान सहकारी संस्था देवदहले ३० औँ स्थापना दिवस मनायो । स्थापना दिवसको मूल समारोहमा बोल्दै अध्यक्ष टिका न्यौपानेले अब साना किसान सहकारीले अन्य सहकारीसमेतको संलग्नतामा देवदहमा दाना उद्योग संचालन गर्ने योजना बनाएको बताइन् ।

    images
    images
    images

    संस्थाका भावी योजनाबारे चर्चा गर्दै अध्यक्ष न्यौपानेले आगामी दिनमा थप संस्था एकीकरण गर्ने, मिल सञ्चालन गर्ने, वडा-वडामा सेवाकेन्द्र बिस्तार, म्यादी जीवन विमा, सामुहिक खेती प्रणालीको शुरुवात, स्कूल-स्कूलमा बित्तिय साक्षरता र सहकारी शिक्षा तालिम लगायतका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने विचार व्यक्त गरिन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिमप्रसाद तुलाचनले साना किसान सहकारी संस्था देवदहले आर्थिक, सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याएको बताए ।

    images
    images
    images

    जिल्ला सहकारी संघ रुपन्देहीका संचालक प्रमोद खनाल, सहकारी संजाल देवदह अध्यक्ष जागेश्वरी पंगेनी लगायतले कार्यक्रममा बोल्दै साना किसान सहकारी देवदहको कामको प्रसंशा गरे ।

    ३० वर्षमा साना किसान कृषि सहकारी, देवदह

    तीन दशकअघि ३० जना सदस्य र सीमित पूँजीबाट सुरु भएको साना किसान कृषि सहकारी संस्था, देवदह अहिले हजारौँ किसान परिवारको साझा संस्था बनेको छ । वि.सं. २०५३ सालमा स्थापना भएको संस्थाले सुरुवातमा ३० जना सदस्य, तीन हजार रुपैयाँ शेयर पूँजी, ३७ लाख ९८ हजार रुपैयाँ सापटी रकम र ८७ हजार रुपैयाँ ब्याज दायित्वबाट आफ्नो यात्रा थालेको थियो । त्यतिबेला संस्थाको असुली दर ८७ प्रतिशत रहेको संस्थाका मुख्य प्रवन्धक सरला सुवेदीले जानकारी दिइन् ।

    साना किसान .jpeg
    ३० औँ स्थापना दिवस विशेष कार्यक्रममा संस्थाका अध्यक्ष टिका न्यौपानेसहित अतिथिहरू  । फोटो : देवी पौडेल/सेतोमसी  

    तीन दशकपछि संस्था सदस्य संख्या, वित्तीय कारोबार तथा सामाजिक प्रभावका हिसाबले यस क्षेत्रकै अग्रणी सहकारीमध्ये एक बनेको छ ।  संस्थामा अहिले सदस्य संख्या ४ हजार ६ सय ४९ पुगेको छ । तथ्यांकले यो ३० वर्षमा सदस्य संख्या १५५ गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ । सहकारीमा कुल सदस्यमध्ये ३ हजार ४ सय ८ जना महिला छन् । अर्थात् संस्थामा महिलाको सहभागिता करिब ७३ प्रतिशत छ । यसले ग्रामीण महिलाको आर्थिक सशक्तीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको देखाउँछ ।

     संस्थाले वार्षिक ऋण लगानी, ऋण असुली र ब्याज आम्दानीमा निरन्तर वृद्धि गरेको छ । प्राप्त तथ्यांकअनुसार सहकारीले बैंक तथा आन्तरिक स्रोत परिचालन गरी करोडौँ रुपैयाँ कृषि, पशुपालन तथा साना उद्यममा लगानी गर्दै आएको छ । ऋण असुलीको अवस्था समेत सन्तोषजनक रहेको देखिएको जनाइएको छ ।

    संस्थाले सञ्चालन गरेको कृषि पसल नाफामै रहेको जनाइएको छ । कृषि सामग्री बिक्रीबाट आम्दानी गर्दै किसानलाई आवश्यक सामग्री सहज उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कार्यक्रमले सकारात्मक परिणाम दिएको तथ्यांकमा जनाइएको छ । 

    साना किसान कृषि सहकारीका दुई हजार ३ सयभन्दा बढी सदस्य पशु बीमा कार्यक्रममा आबद्ध रहेका छन् । १२ हजारभन्दा बढी पशु बीमाको दायरामा ल्याइएको छ भने क्षति भएका पशुका लागि करोडौँ रुपैयाँ बराबरको राहत तथा बीमा सुविधा उपलब्ध गराइएको तथ्यांक छ । यसले किसानलाई जोखिम व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको देखिन्छ । 

    साना किसान कृषि सहकारी.png
    संस्थाको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा उपस्थित सहकारीका अध्यक्ष, व्यवस्थापक, जनप्रतिनिधीसहित  । फोटो : देवी पौडेल/सेतोमसी   

    संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ । ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान, सदस्य तालिम, कृषि तथा पशुपालन तालिम, वित्तीय साक्षरता कार्यक्रम, स्वास्थ्य शिविर, सामाजिक सुरक्षा कोष सञ्चालन, विपद् पीडितलाई राहत वितरण, क्यान्सर तथा मिर्गौला रोगीलाई सहयोग, दुर्घटना बीमा तथा कृषि सामग्री वितरणजस्ता कार्यक्रम नियमित सञ्चालन हुँदै आएको जनाइएको छ  ।

    ३० औँ स्थापना दिवसको अवसरमा सहकारीले देवदहका १२ वटा सामूदायिक विद्यालयमा २४ वटा पंखा वितरण गरेको छ भने नि:शुल्क स्वास्थ्य शिविरसमेत संचालन गरेको छ  ।  

    संस्थाले सुशासन र प्रभावकारी व्यवस्थापनलाई बलियो बनाउन ऋण लगानी, ऋण असुली, पशु बीमा, शिक्षा तथा तालिम, कृषि तथा व्यवसाय विकास, अनुगमन तथा महिला परिचालनलगायत विभिन्न उपसमिति गठन गरी काम गर्दै आएको छ । नियमित बैठक, अनुगमन र कार्ययोजनामार्फत संस्थागत प्रणालीलाई सुदृढ बनाइएको अध्यक्ष टिका न्यौपानेको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।