Logo

२०८३, श्रावण २७गते


images
images

साना किसान कृषि सहकारीको वार्षिक प्रगति समीक्षा सम्पन्न

साना किसान कृषि सहकारीको वार्षिक प्रगति समीक्षा सम्पन्न

images
  • साना किसान कृषि सहकारीको वार्षिक प्रगति समीक्षा सम्पन्न
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहले बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष टिका न्यौपानेले वास्तविक किसानको पहिचान गरि किसानको हितमा काम गरेको बताइन। उत्पादन बृद्दी विना शेयर सदस्यको आर्थिक विकास नहुने भएकोले सहकारीलाई उत्पादन संग जोड्ने गरि लगानी बढाएको उनको भनाइ छ । 

    images
    images
    images

    बिभिन्न वित्तीय निकायहरु सँग सहकार्य गरि शेयर धनि सदस्यहरुले सहकारी संस्थाबाट कर्जा लिएर राम्रो ब्यबसाय चलाईरहेको र यस सहकारी संस्थाले नगदेवाली, फलफुल खेती, तरकारी खेतीमा लगानी गर्ने गरेको अध्यक्ष न्यौपानेको भनाई थियो। त्यस्तै गोठ सुधारका लागि २५ जना कृषक र व्यवसायका लागि २ जना किसानलाई अनुदान उपलब्ध गराएको अध्यक्ष न्यौपानेले बताइन। 

    images
    images
    images

    आर्थिक वर्ष २०७९/०८० मा संस्थाले करिब ५१ करोड लगानी गरेको व्यवस्थापक सरल सुवेदीले जानकारी दिइन। त्यस्तै सहकारीमा असार मसान्त सम्म महिलाहरुको ५ सय ९० र पुरुषहरुको २ सय ८ गरि ७ सय ९८ समूह रहेको बताइन।

    सोहि अवसरमा डिजिटल कृषि पशु परामर्श सेवा केन्द्रको विषयमा प्रशिक्षक विनोद विकले प्राशिक्षण दिएका थिय। जियो कृषि प्रविधि उपकरण कसरी प्रयोग गर्ने र यसका फाइदाको विषयमा प्रशिक्षक विनोद विकले जानकारी दिए।  जियो कृषि प्रविधिले कृषकलाई सहयोग पुग्ने समेत उनको भनाई रहेको छ । 

    बर्षभरि भएका कार्यक्रमहरूको सम्बन्धमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष टिका न्यौपानेले बताइन । आगामि दिनमा सहकारी कसरी संचालन गर्ने , सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा पदाधिकारी, अन्तर समूहका पदधकारी, कर्मचारीको वीचमा छलफल भएको थियो ।

    कार्यक्रम संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता, उपाध्यक्ष खेम नारायण ढकालको स्वागत र व्यावाथापक सरला सुवेदीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।