Logo

२०८३, श्रावण २७गते


images
images

साना किसानको निःशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिए

साना किसानको निःशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिए

images
  • साना किसानको निःशुल्क स्वास्थ्य शिविरमा १३७ जनाले सेवा लिए
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था लिमिटेड, देवदहले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १३७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

    images
    images
    images

    संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार देवदह–५ खैरेनीस्थित पाठक फुडल्याण्डमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसूति रोग, पाठेघरको मुखको क्यान्सर, आँखा तथा दाँत सम्बन्धी परीक्षण सेवा प्रदान गरिएको थियो ।

    images
    images
    images

    शिविरमा ८३ जनाको पाठेघर तथा स्त्रीरोग सम्बन्धी परीक्षण गरिएको छ भने ९० जनाले दाँत परीक्षण सेवा लिएका छन् । त्यसैगरी १२० जनाको आँखा परीक्षण गरिएको सहकारीले जनाएको छ ।

    images
    images
    images

    परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका १८ जना महिलालाई देवदह मेडिकल कलेजमा रिफर गरिएको छ । शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।

    शिविर सञ्चालनका लागि देवदह मेडिकल कलेज, देवदह–८ भलुही र विजय डेन्टल होम, देवदह–५ खैरेनीले प्राविधिक सहयोग गरेका थिए ।

    सहकारीले ३०औँ स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविरसँगै विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । स्थापना दिवसको मूल समारोह शुक्रबार आयोजना गरिने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।