Logo

२०८३, श्रावण २७गते


images
images

साना किसान कृषि सहकारी देवदहको ३०औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर हुने

साना किसान कृषि सहकारी देवदहको ३०औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर हुने

images
  • साना किसान कृषि सहकारी देवदहको ३०औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर हुने
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था, देवदहले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संस्थाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बिहिवार स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

    images
    images
    images

    बुधवार संस्थाको कार्यालयम पत्रकार भेटघाट गर्दै अध्यक्ष टिका न्यौपानेले स्वास्थ्य शिविरसहित विविध कार्यक्रम गरी स्थापना दिवस मनाइने बताइन् । शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, आँखा परीक्षण तथा दाँत परीक्षण सेवा निःशुल्क उपलब्ध गराइने सहकारीले जनाएको छ ।

    images
    images
    images

    शिविर देवदह–५, खैरेनीस्थित पाठक फुडल्याण्डमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने संस्थाकी व्यवस्थापक सरला सुवेदीले जानकारी दिइन् ।  

    images
    images
    images

    शिविर सञ्चालनका लागि देवदह मेडिकल कलेज, देवदह–८ भलुही र विजय डेन्टल होम, देवदह–५ खैरेनीले प्राविधिक सहयोग गर्ने संस्थाका उपाध्यक्ष ख्याम नारायण ढकालले बताए ।

    स्थापना दिवसकै अवसरमा देवदहका १२ वटा सामुदायिक विद्यालयमा २४ वटा सिलिङ्ग पंखा वितरण समेत गरिने संस्थाले जनाएको छ ।

    स्थापाना दिवसको तयारीको लागि बुधवार अन्तर समूह छलफल राखिएको र मूल समारोह विशेष कार्यक्रम शुक्रवार पाठक फुडल्याण्डमा संचालन हुने सहकारीले जनाएको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।