Logo

२०८३, श्रावण २७गते


images
images

राप्रपा विवाद : लिङदेन नेतृत्वको समिति भंग गरी महाधिवेशनमा जान माग

राप्रपा विवाद : लिङदेन नेतृत्वको समिति भंग गरी महाधिवेशनमा जान माग

images
  • राप्रपा विवाद :  लिङदेन नेतृत्वको समिति भंग गरी महाधिवेशनमा जान माग
    images
    images

    काठमाडौँ  । राप्रपाको असन्तुष्ट पक्षले राजेन्द्र लिङदेन नेतृत्वको केन्द्रीय समिति भंग गर्दै एक साता भित्र महाधिवेशनको मिति तोक्न माग गरेको छ  ।

    images
    images
    images

    महामन्त्री धवलशमशेर राणा र कुन्ती शाही लगायतको आइतबार बसेको भेलाले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ ।

    images
    images
    images

    त्यस्तै भेलाले केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर, एकता महाधिवेशनपश्चात राप्रपाको आदर्श, विधान र अनुशासन विपरित भएका काम कारवाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानविन समिति गठन गर्न समेत माग गरको छ ।

    images
    images
    images

    उनीहरुले अध्यक्ष लिङदेनलाई सम्बोधन गर्दै दिएको पत्रमा  २०७८ को एकता महाधिवेशनवाट नयाँ उमंग र नयाँ संभावना बोकेर अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको उल्लेख गरिएको छ । 

    साथै निर्वाचन पूर्वको केन्द्रीय कार्यसमितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउछु भनेकोमा अकल्पनीय नजिता प्राप्त भएको बताइएको छ ।

    साथै उनीहरुले शर्मनाक हारको डेढ महिनासम्म पनि चुनावी असफलताको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी वहन नगरिएको बताउदै शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायम रहेको र नेता, कार्यकर्ताहरुबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी रहेको उल्लेख छ ।

    त्यस्तै पत्रमा मध्यावधि निर्वाचनको आलो घाउमा उपसभामुखको निर्वाचन त झन् नूनचूक दलेसरह भएको बताउदै उपसभामुख पदमा उम्मेद्वारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र  उठेको दाबि गरिएको छ ।

    उनीहरुले सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबीच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग नभएको जिकिर गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।