Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

उपसभामुखमा उम्मेदवारीबारे राप्रपामा विवाद

उपसभामुखमा उम्मेदवारीबारे राप्रपामा विवाद

images
  • उपसभामुखमा उम्मेदवारीबारे राप्रपामा विवाद
    images
    images

    काठमाडौँ । प्रतिनिधी सभाको उपसभामुखमा उम्मेदवारीबारे राप्रपामा विवाद देखिएको छ  । राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले पार्टीका नेता, कार्यकर्ता तथा राष्ट्रवादी समूहबाट निरन्तर फोन र जिज्ञासा आएको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    राणाले आफूहरू गणतन्त्रविरुद्धको आन्दोलनमा रहेको स्पष्ट पार्दै गणतान्त्रिक व्यवस्थाअन्तर्गत संविधानको संरक्षण र कार्यान्वयनसँग जोडिएका कुनै पनि पदमा सहभागी हुनु उपयुक्त नहुने बताएका छन् ।

    images
    images
    images

    उनले पार्टीको प्रजातान्त्रिक अभ्यासविपरीत गरिएका निर्णयमा आफ्नो विगतदेखि नै असहमति रहेको र आगामी दिनमा पनि यस्तै निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।